काठमाडौं, ६ साउन। ‘यो गाउँको ठिटो मss कान्छा मेरो नाम..’’ जब स्टेजमा यो
गीत गुञ्जियो, तब गायक उदितनारायण झाको स्वागतमा तालीको वर्षा भयो, शनिबार
नेपाल चलचित्र विकास कम्पनीले आयोजना गरेको राष्ट्रिय चलचित्र
पुरस्कार-२०६९ को ‘उदित सर्वोत्कृष्ट पाश्रव गायन’ अवार्ड वितरण गर्न
मञ्चमा उक्लिनुभएका गायक उदितले ‘जय पशुपतिनाथ’ के भन्नुभएको थियो, एकाएक
पूरा हल गुञ्जायमान भयो।
राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चा कमाइसकेका सुमधुर स्वरका धनी गायक
उदितले पत्नी दीपा झासँगै आफ्नो स्वरको जादुले सबै दर्शकको ध्यान एकै
पटकमा आफूतर्फ खिच्नुभयो।
किन लामो समयसम्म नेपाल नआउनुभएको भन्ने हाम्राकुराको प्रश्नमा उदितले भने,
‘राजा वीरेन्द्रको वंश बिनाश हुने गरी हत्याकाण्ड भयो, मेरो मनै निराश भएर
आयो, नेपाल सम्झँदा आँखामा झल्झली त्यही दरबार हत्याकाण्डको सम्झना
नाचिरहन्थ्यो। मेरो मनै निराश भएपछि नेपाल आउन मन लागेन।’
‘म जतिसुकै टाढा, जहाँ रहे पनि मलाई मेरो जन्मेहुर्केको ठाउँको माया
लागिरहन्छ।’ उनले अगाडि भने, ‘मेरो कर्मभूमि अहिले जहाँ भए पनि पछि नेपालमै
आउँछु, यहाँ मेरो घर-जमीन छ, यहीँ आएर खेती-किसानी गर्छु। अहिले त म गवैया
छु, गाउन दिनुस मलाई ।’
स्वर्गीय राजा वीरेन्द्रको हातबाट गोरखा दक्षिणबाहु विभुषण पाएपछि आफू
पहिलो पटक नेपाल आएको उदितले जानकारी दिनुभयो। अवार्ड वितरण गर्न मञ्चमा
उक्लिका गायक उदितले आफ्ना चर्चित नेपाली गीतहरु पत्नी दीपासँगै गाउनुभएको
थियो।
उदितले कुसुमे रुमाल, यो गाउँको ठिटो म, कहिल्यै तिम्रो पछ्यौरीमा अल्झें,
बल्लबल्ल भेट भा को दिन, माया बैगुनी नभई नहुने लगायतका नेपाली गीतहरु गाएर
कार्यत्रममा उपस्थित सबैलाई मन्त्र मुग्ध पार्नुभएको थियो। यसका साथै
अन्त्यमा उहाँले बलिउडका आफ्ना गीतका केही अंशहरु पनि सुनाउनुभएकव
थियो।उदितनारायण झा ले नेपाल आएर के भने भिडियो हेर्नुस
Post a Comment