सलमान खानलाई अदालतले जरिबाना तिरायो
बलिउड नायक सलमान खानलाई मुम्बई अदालतले जरिवाना तिराएको छ । गाडी चलाएर १ व्यक्तिको हत्या तथा ४ व्यक्तिलाई घाइते बनाएको अभियोगमा सलमान मुद्दा खेपिरहेका छन् । सलमानलाई अदालतको समय बर्बाद गरेको भन्दै जरिवाना तिराइएको हो ।अब सलमानलाई सबै सरकारी खर्च व्यहोर्नु पर्ने भएको छ । उनलाई वकिलको पारिश्रमिक, प्रहरी बन्दोबस्तको सबै खर्च व्यहोर्नु पर्ने हुन्छ । सलमानले यो जरिवाना शुल्क १ महिना भित्र तिरिसक्नु पर्ने हुन्छ । यसपछि मात्र उनले अदालतमा अपिल गर्न सक्नेछन् । सलमानले आफू माथी लगाइएको धारा हटाउन आग्रह गरेका थिए । तर उनको यो अपिललाई सेशंस कोर्टले रद्द गरेको थियो ।
Post a Comment