news and more entertainment

यसरि रोए डा. भगवान कोइराला किन रोय पढ्नुस

dr-bhagawan
- स्वास्थ्य खबरपत्रिका, असार ३१ /

त्रिवि शिक्षण अस्पतालको ३१औँ वार्षिकोत्सव समारोहमा अस्पतालको प्रगति विवरण पेस हुँदै थियो । अस्पतालले पछिल्लो ६ महिनामा अतिरिक्त १० करोड कमाएको तथ्यांक निर्देशक डा. भगवान कोइरालाले पेस गर्दै थिए । तालीको गडगडाहटबीच वक्ता डा. कोइरालाको गला अवरुद्ध भयो, आँखा खुम्चिए र बरर्र आँसु झरे ।


अस्पतालको व्यवस्थापनमा कठोर प्रशासक बन्नसक्ने छवि भएका कोइराला आफैँ रुँदा माहोल एकाएक भावुक बन्यो । भाषणकै क्रममा ‘आफू निर्देशक हुँदा बीचमा केही समस्या आयो’ भनेपछि उनका आँसु खसेका थिए । आखिर के थिए ती समस्या ? शिक्षण अस्पतालको वार्षिकोत्सव समारोहको केन्द्रबिन्दु बनेका कोइरालले आँसु झार्दै प्रतिज्ञा गरे, ‘सरकारले दिएको पैसालाई जनताको पोल्टामा पु¥याउँछु ।’


६ महिनाअघि निर्देशक भएसँगै कोइरालाले उत्साहका साथ काम थालेका थिए । कर्मचारीदेखि वरिष्ठ प्राध्यापक चिकित्सकलाई उनले कामका लागि बाध्य बनाए । कमिसनको जालो तोडे । बिरामीलाई जथाभावि रिफर गर्नेहरूको भण्डाफोर नै गरे । बिरामी निजी अस्पतालमा पठाउन रोकिएको विषयलाई लिएर कोइरालाको ‘बोल्ड डिसिजन’ भन्दै पत्रपत्रिकाले मुख्य सामाचार बनाए । कोइरालालाई टिक्न नदिन अनेक तिकडम भयो । त्यसपछि उनले सञ्चालनमा नरहेको सीसीयू सेवालाई गाभेर आईसीयू सेवा विस्तार गर्दा सेवा हटाएको भन्दै एउटै चिकित्सकका नाममा सयौँ पाठक पत्र छपाइयो ।


बिरामी बेच्ने बानी परेका धेरै चिकित्सक उनीसँग रिसाए । चिकित्सक प्राध्यापक संघ र नेपाल प्राध्यापक संघ आईओएम इकाइका नाममा कोइराला विरुद्ध वक्तव्यवाजी भयो । उनीहरूले भने, ‘हाम्रो मानमर्दन भयो ।’  राजीनामा दिएका कोइरालालाई फर्किन नदिन ठूलै चलखेल भयो । ती षड्यन्त्र चिर्दै कोइरालले सरकारबाट संस्थाका लागि करोडौँ अनुदान लिएर काममा फर्किए । अहिले पनि कोइरालाकै पहलमा सरकारले शिक्षण अस्पताललाई त्रिविमार्फत बाहेक नै एकमुष्ट २८ करोड रुपैयाँ अनुदान दियो ।


पूर्णरूपमा संस्थाप्रति समर्पित कोइरालाले सुधार अभियान सुनाइरहँदा आफूविरुद्ध भएको षड्यन्त्र र तिकडमबाजी सम्झिएर आँसु खसेको आफू निकटका चिकित्सकसँग खुलाएका थिए । ‘मन थाम्नै सकिनँ,’ डा. कोइरालालाई उद्धृत गर्दै एक चिकित्सकले भने ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget