news and more entertainment

शाहरुख र सलमान खान ५ वर्षपछि पुनः एकअर्काका अंगालोमा

मुम्बई, ७ साउन । बलिउडका दुई ‘सुपरस्टार’ अभिनेता शाहरुख र सलमान खान ५ वर्षपछि पुनः एकअर्काका अंगालोमा बाँधिएका छन् । विगत लामो समयदेखि आपसी दुष्मनीका कारण एकअर्काका नाम समेत सुन्न नरुचाउने बताईंदै आएका यी दुई अभिनेता एकै अंगालोमा बाँधिएको दृख्य देख्नेहरु भने खुशीले गदगद भए ।



बलिउडमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै ‘स्टार’ छवि बनाएका दुई अभिनेता एकै अंगालोमा बाँधिएसँगै उनीहरुबीचको आपसी मनमुटाव समेत टुंगिएको आंकलन बलिउडमा गरिएको विभिन्न भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बलिउडका यी दुई हस्ती एकै अंगालोमा बाँधिने स्थान भने भारतका कांग्रेस विधायक बाबा सिद्दिकीले मुस्लिमहरुको सबैभन्दा ठूलो पर्व रमजानको अवसरमा आइतबार मुम्बईमा आयोजना गरेको एक ‘इफ्तर’ पार्टी बन्न पुग्यो ।



बाबा सिद्दिकीको ‘इफ्तर’ पार्टीमा अन्यलाईझैं स्टार अभिनेताद्धय शाहरुख र सलमानलाई पनि आमन्त्रण गरिएको थियो । जहाँ यी दुई एकअर्काको अंगालोमा बाँधिएका हुन् । ‘रमजान’को महिनामा यी दुईबीचको मिलनले बलिउडमा भने खुशी छाएको विभिन्न भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



यी दुई स्टार अभिनेतबीच आपसी मनमुटाव चुलिएको ५ वर्ष भएको थियो । यस अवधिमा यी दुईबीच कुनै सामान्य बोलचाल समेत भएको थिएन । यी दुईबीच ५ वर्ष अगाडि अभिनेत्री कट्रिना कैफको जन्मदिनको पार्टीमा विवाद भएको थियो ।

त्यसपछि यिनीहरुलाई बलिउडका अर्का चर्चित अभिनेता आमिर खानको फिल्म ‘थ्री इडियट्स’को पार्टीमा अन्तिम पटक एकसाथ देखिएको थियो ।

कांग्रेस विधायक सिद्दिकीको पार्टीमा यी दुई एक अंगालोमा बाँधिएपछि सिद्दिकीले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिंदै यी दुईले आफ्नो ‘दुरी’ अन्त्य गर्न चाइरहेका थिए भन्दै रमजानको महिनाले यस क्षण जुराईदिएको बताएका जनाइएको छ ।

त्यस्तै भारतका चर्चित फिल्म समीक्षक कोमल नहाटाले यी दुई अभिनेता एकअर्काका अंगोलमा बाँधिएपछि ‘अहिले दुई अंगालोमा बाँधिएका छन्, चाँडै मन पनि मिल्छ’ भन्दै आफ्नो प्रतिक्रिया व्यक्त गरेका समाचारहरुमा जनाइएको छ ।

अर्कोतर्फ यसपछि अभिनेता शाहरुखले पनि आफ्नो ट्वीटर मार्फत प्रतिक्रिया व्यक्त गर्दै खुशी व्यक्त गरेका जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget