news and more entertainment

एमाओबादीले चुनाबको लागि यस्तो नारा बनाएको छ ..

६ साउन, काठमाडौ । एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनको तयारी अभियानका लागि मुल नारा तय गरेको छ । राजधानीमा आइतवार सम्पन्न माओवादी विस्तारित बैठकले चुनावी अभियानको नारा तय गरेको हो । विस्तारित वैठकद्वारा निर्णित र निर्देशित अभियान पार्टी केन्द्रीय समिति सदस्य र केन्द्रीय सल्लाहकारको नेतृत्वमा प्रत्येक निर्वाचन क्षेत्रमा २०७० श्रावण १० गते देखि भदौ १० सम्म सञ्चालन हुने माओवादी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । अभियानमा गाँउ स्तरीय भेटघाट, गोष्टी, अन्तरक्रिया र विभिन्न किसिमका जनपरिचालन, स्थानीय एफ.एम टी.भी., पत्रपत्रिका मार्फत जनसमुदायलाई सम्वोधन गर्ने लगायत छन । विस्तारित बैठकले संविधानसभाबाट जनअपेक्षा अनुसारको संविधान निर्माण गर्ने कार्यलाई आजको सर्वाधिक महत्वको प्राथमिक कार्यभारका रुपमा लिई पूरै शक्तिका साथ संक्रमणकालको सकारात्मक अन्त्य गर्न एक ढिक्का भै अगाडि बढ्ने निर्णय गरेको माओवादीले विज्ञप्ती मार्फत जनाएको छ । भियानका लागि यस्तो नारा तय गरिएको छ पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान ! दोस्रो संविधान सभा निर्वाचनको लागि जनसंवन्ध अभियान
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget