मलेसियाको जोहोरबारुस्थित जेसिवाई कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान १६, रेलवे सुनसरीका २२ बर्षीय मोती लावती रहेको खुलेको छ । मंगलबार बिहान करिब १० बजेतिर कम्पनीमा कामका क्रममा रसायन (केमीकल) राखिएको ट्यांकी सफा गर्ने क्रममा सोही ट्यांकीमा डुबेर उनको मृत्यु भएको हो ।
करिब १० फिट गहिरो ट्यांकीमा डुबेका उनको शव निकाल्न करिब ४ घण्टा लागेको त्यहाँ कार्यरत एक नेपालीले बताए । लावती सो कम्पनीको एसिटी विभागमा कार्यरत थिए ।
हाल उनको शवलाई पोष्टमार्टमका लागि स्थानीय एक अस्पतालमा राखीएको दिलीप याम्फुले जानकारी दिए ।
मृतक लावती करिब १५ महिनाअघि काठमाडौंस्थित इन्टरनेशनल मेनपावर प्रालिमार्फत मलेसिया आएका थिए ।
Post a Comment