news and more entertainment

यु–१६ साफः नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौं, ७ साउन । राजधानीमा जारी दोस्रो यु–१६ साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा आज शीर्ष स्थानको नेपालले अफगानिस्तानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो ४ बजे पछिबाट सुरु हुनेछ ।

आजको खेल जितेमा नेपालको सेमिफाइनल यात्रा मजबुत बन्नेछ । यसअघि आफ्नो पहिलो खेलमा भुटानमाथि ७–० को जीत दर्ता गराएको नेपाल अंकतालिकामा ३ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ ।

अफगानिस्तानले भने आफ्नो पहिलो खेलमा पाकिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । समूह ‘ए’मा नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहेको हो । त्यस्तै यस समूहमा अफगानिस्तान र पाकिस्तानको समान १–१ अंक रहेको छ भने भुटान अंकविहीन छ ।

प्रतियोगिताको आइतबार भएको समूह ‘बी’को खेलमा भारतले श्रीलंकामाथि ४–१ को विजयी नतिजा निकालेको थियो । प्रतियोगितामा दक्षिण एसियाका ७ टोलीको सहभागिता रहेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget