news and more entertainment

यौनजन्य दृश्यले विवादित हिन्दी फिल्म

बलिउडमा अब सेक्सको चर्चा कुनै नयाँ बिषय रहेन । पोर्न उद्योगबाट एकपछि अर्को गर्दै बलिउडमा कलाकार भित्रने क्रम जारी छ । उनीहरुको फिल्ममा सेक्स र हररलाई प्राथमिकतामा परेका छन् । सन्नी लियोनीको पछिल्लो फिल्म ‘रागिनी एमएमएस–२’त्यसको उदारहण हो । तर बलिउडमा यौनजन्य दृश्यकै कारण विवादमा आएका फिल्म पनि निकै छन् । त्यसमध्ये केही चर्चित फिल्म यस्ता छन्:
चेतनाः





सन् १९७० मा बनेको चेतना यौनकर्मीको विषयमा बनाइएको एक्सन चलचित्र हो । नायिका रिहना सुल्तानले सो चलचित्रमा निकै बोल्ड सिन दिएकी थिइन् । चेतनाले त्यतिवेला निकै राम्रो व्यापार गरेको थियो । तर, १९७० कै अर्को फिल्म दस्तकमा राष्ट्रिय पुरस्कार जितेकी रिहानाको अभिनयको क्षेत्र भने साँघुरियो । चेतनापछि उनले निकै कम चलचित्रमा काम गरिन् । केही समयपछि उनी फिल्म क्षेत्रबाटै हराइन् ।चेतनामा आफूले निभाएको भूमिकाले आफ्नो अभिनयमा पूर्णविराम लागेको रिहानाले स्विकारेकी थिइन् । उनले सो फिल्मले सामाजिक रूपमा पनि आफूलाई अप्ठ्यारो भएको बताएकी थिइन् ।

सत्यम् शिवम् सुन्दरम्


सन् १९७८ मा प्रदर्शनमा आएको सत्यम् शिवम् सुन्दरम् यौन दृश्यका कारण विवादास्पद बन्यो । सो चलचित्रमा शशी कपुर र जिनत अमानबीचको यौनदृश्यले त्यसवेला निकै हलचल ल्याएको थियो । जिनतका छोटा र पारदर्शी पहिरनका लागि पनि यो चलचित्रको चर्चा गरियो ।


माया मेमसापः
सन् १९९३ मा प्रदर्शित माया मेमसाप पनि यौन दृश्यका कारण विवादास्पद बन्यो । अहिलेका बादशाह खान शाहरूखले सो फिल्ममा पहिलोपटक नग्न दृश्य दिएका थिए । अभिनेत्री दीपा साही र शाहरूख खानबीचको बेडसिनले यो चलचित्रलाई विवादमा पर्यो।
बेन्डिट क्विनः भारतकी चर्चित डाँकु फुलनदेवीको जीवनीमा आधारित बेन्डिट क्विन हिंसा र यौनदृश्यका कारण निकै चर्चामा आयो । भारतीय सेन्सर बोर्डले चलचित्रमा देखाइएको नग्न दृश्य र हिंसालाई कारण बनाउ“दै भारतमा ब्यान्डसमेत ग¥यो । सो फिल्ममा अभिनेत्री सीमा बिश्वासले नग्न दृश्य दिएकी छिन् । त्यति मात्रै होइन, फुलनदेवी स्वयं सो चलचित्र रोक्न अदालत पनि पुगिन् । शेखर कपुरले निर्माण गरेको सो फिल्मले १९९४ को क्यान्स फिल्म फेस्टिबलमा निकै चर्चा बटुल्यो ।
फायरः

सन् १९९६ मा प्रदर्शनमा आएको फायर लेस्वियनमाथि बनाइएको चलचित्र हो । यो चलचित्रले भारतमा निकै विवाद खेप्नुप¥यो । यद्यपि, भारतबाहिर यसले तारिफ बटुल्यो । यो चलचित्रमा सबाना आजमी र नन्दिता दास मुख्य भूमिकामा छन् । आजमी र दासबीच देखाइएको यौनदृश्य बलिउडमा गफ गर्ने बहाना बन्यो । यसमा आजमी र दासले नग्नदृश्य दिएका छन् ।
लभ सेक्स और धोका:

एकता कपुर निर्मित यो चलचित्र बोल्ड सेक्स सिनका लागि चर्चित भयो । सन् २०१० मा रिलिज भएको चलचित्रमा बलिउडको इतिहासमै सबैभन्दा बोल्ड सेक्स सिन राखिएको बताइएको थियो । सुरुमा सो चलचित्रमा सात मिनेटको यौन दृश्य राखिएको थियो, सेन्सर बोर्डको निर्देशनपछि त्यसलाई छोट्याइनुका साथै दृश्य ब्लर गरिएको थियो । यतिसम्म कि चलचित्रको गीत पनि फेर्न सेन्सर बोर्डले निर्देशन दिनुपरेको थियो । तु नी अच्छी लग्ती है बोलको गीतलाई पछि तु गन्धी अच्छी लग्ती है बनाइएको थियो । डेढ करोडमा बनाइएको चलचित्रले सात करोड आम्दानी गरेको थियो ।
सिन:

भारतका भेट्रान पत्रकार विनोद पाण्डेले निर्देशन गरेको सिन एक क्याथोलिक पादरीको यौनचाहनालाई लिएर बनाइएको चलचित्र हो । सन् १९८८ मा यौनदुव्र्यवहार र हत्याको आरोपमा मृत्युदण्ड दिइएका केरलाका एक पादरीको विषयलाई लिएर सो चलचित्र बनाइएको थियो । क्याथोलिक मूल्यलाई गलत रूपमा प्रस्तुत गरिएको र आपत्तिजनक यौन दृश्य राखिएको भन्दै चलचित्रको विरोध भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget