news and more entertainment

२५ वर्ष सम्म पानीमा डुबेको अर्जेन्टिनी शहर (फोटो फिचर)

एजेन्सी ।
सन् १९२० मा अर्जेन्टिनामा एक पर्यटकीय शहर स्थापना गरिएको थियो । सो शहरको नाम थियो ऐपेक्यूएन।
६०० किलोमिटर लामो नूनको ताल ऐपेक्यूएनको किनारामा स्थापना गरिएका कारण यो शहरको नाम पनि सोही तालबाट राखिएको थियो ।
मध्यपूर्वमा रहेको मृत सागरपछि ऐपेक्यूएन नै सबै भन्दा बढी नूनको मात्रा भएको समुन्द्री ताल   मानिन्छ । यहाँ अन्य समुन्द्रमा भन्दा १० गुणा बढी नूनको मात्रा छ ।
१९ औं शताब्दिको शुरुवातमा ऐपेक्यूएनमा मानिसहरु बस्न थाले । छोंटो समयमै यो शहर पर्यटकीय केन्द्र बन्यो ।
सन् १९६० मा यहाँ वर्षेनी २५ हजार पर्यटक आउने गरेको त्याङ्क छ । पर्यटकीय केन्द्र बन्दै गएपछि ऐपेक्यूएनमा ३०० भन्दा बढी होटल, स्पा र संग्राहालय खुलेका थिए ।
तर १९८५मा भने ऐपेक्यूएन तालको पानीको सतह बढ्न थाल्यो र शहर डुब्न शुरु भयो । १९९३ सम्म आइपुग्दा ऐपेक्यूएनमा १० मिटर पानीको सतह वृद्धी भएको थियो ।
त्यसपछि करिव १ दशकमा त यो शहर पुरै डुबानमा पर्यो भने यहाँका बासिन्दा, ब्यापारी र पर्यटक सबै विस्थापित हुन पुगे ।
तर अहिले भने यहाँको तालमा पानीको सतह केही घटेको छ । यद्यपी पानीको सतह घटे पनि भग्नावशेष बनेको यो शहर उजाड छ । यी तस्विरहरु सोही शहरका हुन् ।









Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget