news and more entertainment

यस्तो योजना पो रहेछ अक्षय कुमारको

काठमाण्डौ, ११ जेठ । भारतमा बलिउड कलाकारहरुको लगानी फिल्मी क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि हुन थालेको छ । सारुख खानले क्रिक्रेट टिम कोलकत्ता नाइट राइडर्स चलाएका छन् भने अर्की बलिउडी अर्की चर्चीत नायिका सिल्पा सेट्टीको राजस्थान रोयल्स क्रिक्रेट टिम रहेको छ ।


अब बलिउडका अर्का चर्चीत हिरो अक्षय कुमारले पनि खेलकुदमा लगानी गर्ने भएका छन् । अरुभन्दा बढी खेलकुदमा बढी चासो दिने कलाकारका रुपमा परिचित अक्षयले अब लगानी गर्ने योजना बनाएका छन् । उनी पहिला मार्सल आट्सका खेलाडी रहेका हुन् । मार्सल आट्मै उनले लगानी गर्ने मनस्थिति बनाएका छन् ।

अब बन्ने मोदी सरकारलाई हरेक स्कुलमा मार्सल आट्सको शिक्षा दिनुपर्ने भन्दै लिखित चिठी लेख्ने उनले बताए । उनले भनेका छन्,‘मेरो पहिचान खेलकुदकै कारण भएको हो ।

फाइदा कमाउनका लागि मैले कुनै खेलकुद टिम हालसम्म किनेको छैन ।’ प्रत्येक वर्ष केही सक्षम मार्सल आट्सका विद्यार्थीलाई अक्षयले जापान ट्रेनिङका लागि पठाउने गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget