news and more entertainment

ढल्केबरका गेस्टहाउसमा अवैध देहव्यापार

 
480X320_3caff0d404a6b7835029f6297b6241ebकाठमाडौं, ११ जेठ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबरमा रहेका लज तथा गेस्टहाउसहरु अवैध देहव्यापार गर्ने थलो बन्दै गएका छन् । यो क्षेत्रलाई यौनकर्मीले ग्राहक लिएर जाने र यौनधन्दाको काराबार गर्ने थलोको रुपमा चिन्न थालिएको छ । ढल्केबरका लजमा प्रेमीले प्रेमिकादेखि यौनकर्मीसम्म लगेर निर्धक्क दिउँसै यौनधन्दा सञ्चालन गरिरहँदा पनि प्रशासन मौन रहेको स्थानीय बासिन्दाको आरोप छ ।
प्रहरीको मिलोमतोमा लज र गेस्टहाउसमा कडाइ नभएपछि सहजै कारोबार गर्न सकिने हुनाले जोडीहरु आउने गरेको स्थानीय बताउँछन् । बाहिरका जोडीहरु आउन थालेपछि राम्रै कमाइ हुने भएकाले बजारमा लज र गेस्टहाउस थपिँदै गएको स्थानीय रामवरण महतोले बताए ।
यौन व्यवसायलाई मुख्य कमाइको स्रोत बनाएर सञ्चालन गरिएका यी लजले ग्राहकको मागअनुसार युवतीसमेत बोलाइदिने गरेको र त्यसबापत कमिसन लिने गरेको स्रोतले बताएको छ ।
ढल्केबर स्थानीय बजार मात्र भए पनि भवानी गेस्टहाउस, चौधरी गेस्टहाउस, सुविधा गेस्टहाउस, कुमारी गेस्टहाउस, गिरी लज, चितवन होटेल गेस्टहाउस, बाबा गेस्टहाउस र न्यू गिरीसमेत आठवटा लज र गेस्टहाउस सञ्चालनमा छन् ।
प्रत्येक लज र गेस्ट हाउसमा दिनहुँ तीनदेखि ५ जोडीसम्म आउने र एक घन्टाका लागि पाँच सयदेखि एक हजार रुपैयाँसम्म तिरी अवैध यौनधन्दा गराउने गरिएको स्थानीयको आरोप छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget