news and more entertainment

यस्तो रहेछ हमालले धुलिखेलमा सुहागरात मनाउनुको कारण

 
hamal-and-madhu-in-chitwan-airport
नायक राजेश हमालले शनिबार बिहे गरेपछि यसले मिडियामा उच्च स्थान त पाएकै छ । उनका फ्यानहरु पनि हमालको बिहेको खबरले खुशी छन् । उनै नायक हमालले दुलही मधु भट्टराइलाई आफ्नो कपुरधारास्थित घरमा भित्राएनन् ।
बेहुलीलाई आफ्नो घरमा भित्राउने चलनलाई हमालले पन्छाउँदै धुलिखेलको एक रिसोर्टमा सुहागरात मनाउन पुगे । सुहागरातको लागि सजाइएको बेडको तस्बिर समेत सार्वजनिक भएपछि गसिप बजारमा विभिन्न खालका चर्चा चलिरहेका छन् ।
हिजो बिहे गरेका हमाल एकाएक आज चितवन हुँदै नवलपरासी पुगेका छन् । नवलपरासी उनको पुर्खौली घर हो । आफ्नै पुर्खौली घर भएकाले हमालले मधुलाई त्यही भित्राएका हुन् । जसका कारण पनि उनले मधुलाई आफ्नो कपुरधारास्थित घरमा नलगेका रहेछन् ।
हमालले चितवनका पत्रकारहरुसँग कुरा गर्दै आफ्नो जीवनको नयाँ अध्याय सुरु भएको बताए । जेठ १४ गते बिहे भोज आयोजना गरेर हमाल १५ गते अष्ट्रेलियातर्फ लाग्दैछन् । उनीहरु आजै काठमाण्डौ र्फकने वुझिएको छ ।
तस्बिर सौजन्य : रवि अधिकारी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget