news and more entertainment

विहेलगत्तै हमाल दम्पत्ति धुलिखेलमा

 

 
rajesh hamal and madhu
१० जेठ, काठमाडाैँ । अन्नपूर्ण होटलको गेटमा करिब ३ घन्टा कुरेपछि नायक राजेश हमालले आफ्नो बिहेको तस्बिर मिडियालाई खिच्न अनुमति दिए । तर अन्नपूर्ण होटलको कुमारी हलमा संचारकर्मी पुग्दा बिहे लगभग सकिएको थियो ।
हमाल र मधु मिडियाको अघि मिठो मुस्कानसहित उभिएका थिए । क्यामेरामा विभिन्न पोजका तस्बीर कैद भएपा लुकाइदैनथ्यो, यहाँ लुकाइयो । उनले अन्य कुरामा खासै फरक नपाएको बताए ।
मधु पनि राजेश हमाललाई बेहुला पाउँदा निक्कै खुशी देखिइन् । उनले राजेश हमालमा एक मात्र गुण भएर बिहे नगरेको बताइन् । बोल्न केही लजालु देखिएकी मधु संचारकर्मीका केही प्रश्नमा हमालसँग नै सल्लाहा गर्थिन् । हनिमुनका बिषयमा लजाउँदै मधुले यो प्रश्न पछि मात्र गर्न भनिन् ।_MG_7086 copy _MG_7131 copy _MG_7156 copy _MG_7168 copy
२८ बर्षकी मधुसँग हमालको प्रेम बसेको लामै समय भैसकेको छ । चिनजान भएको ९ बर्ष भयो । हमालको बिहेमा सिनेमा क्षेत्रका कोही पनि व्यक्ती सहभागी थिएनन् । मात्र उनका आफन्तमात्र बिहेमा देखिए । करिब १ सयको हारहारीमा मात्र हमालका नजिकका आफन्त बिहेमा सहभागी थिए ।
नायक राजेश हमालले दुलही मधुलाई सिनेमा क्षेत्रमा नल्याउने बताए । ‘उहाँलाई म सिने क्षेत्रका कुनै पनि विधामा संलग्न गराउन्न, उहाँले मलाई प्रेरणा दिएर मेरो घर सम्हाल्नुहुनेछ’ हमालले भने । केही समयअघि एयर होस्टेजका लागि कुरा त भएको थियो, तर बिहेका कारणले यो कुरा पनि टरेको हमालको भनाई छ ।
मधुले पनि आफू सिने क्षेत्रमा नआउने बताइन् । मधु हाल कुनै पनि पेशामा आवद्ध छैनन् । उनले आफूले के गर्ने भनेर तत्काल नसोचेको बताइन् । पछि मात्र आफ्नो रुचीको बिषयमा काम गर्ने मधुको भनाई छ । बिहेको तस्बिर खिच्न मिडियालाई नदिएतापनि पण्डित बलराम खतिवडाले भने निक्कै ठट्यौली शैलीमा सबै बेलिविस्तार लगाए ।
नायक राजेश हमाललाई उनले अन्य यूवा भन्दा फरक पाएछन् । जे काम गर्नुहोस् भन्यो त्यही फटाफट गर्ने हमालको शैली उनलाई मनपरेछ । बिबाहको समयमा खेलिने पासा खेलमा हमालले नै जितेछन् । बलरामले ५० बर्षको उमेरमा पनि नजितेर हुन्छ भन्दै हमाललाई हसाँएका थिए । नायक राजेश हमालले आफू यसैबर्ष निर्देशक हुने पनि बताए । ‘मैले गर्ने सिनेमाको काम अगाडि बढिरहेको छ, संभवत यही बर्ष म निर्देशनमा लाग्छु होला’ हमालले भने ।_MG_6926 copy _MG_7012 copyबिहे गरेपछि बेहुलीलाई लिएर आफ्नो घरमा पुग्ने चलन हुन्छ । तर हमालले भने यसो नगर्ने बताए । दिदी भिनाजुले द्धारिका रिसोर्ट धुलिखेलमा हमाल र मधुको लागि बस्ने व्यवस्था गरिदिएका रहेछन् । हमालको सुहागरात त्यही रिसोर्टमा हुनेछ ।
नेपाली सिनेमाका सुपरस्टार नायक राजेश हमालले अन्तत थुप्रैको खुलदुलीलाई मेटाउँदै बिहे गरेका छन् । प्रेमिका मधु भट्टराइलाई घर भित्राउन पाउँदा हमाल जती खुशी छन्, मधु पनि दंग छिन् ।
संचारकर्मीहरुलाई ३ घन्टा बिहे परिसरमा प्रवेश गर्न नदिनुको कारणलाई हमालले रमाइलो शैलीमा भने, ‘मैले त आफै बिहे गर्न यति लामो समय पर्खिनुपर्‍यो ।’ नायक राजेश हमाललाई सुखद दाम्पत्य जीवनको शुभकामना ।
Rajesh-dhulikhel-1
विहे लगत्तै हमाल दम्पत्ति धुलिखेलको द्धारिका रिसोर्टमा
Rajesh-dhulikhel-2

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget