विद्या बालनले साउथ फिल्म खेल्ने
मुम्बइ, बलिउडकी अभिनेत्री विद्या बालनले हिन्दी फिल्महरूमा आफ्नो एक छुट्टै पहिचान बनाइसकेकी छन । बताइए अनुसार अब उनी रीजनल फिल्महरूमा काम गर्ने मन गरिरहेकी छन । बबी जासूस, विद्या बालन आगामी दिनहरूमा रीजनल फिल्महरूमा देखिन सक्ने बताइएको छ । समाचार अनुसार हिन्दी फिल्ममा परीणिता, इश्किया, पा, द डर्टी पिक्चर र कहानी जस्ता फिल्महरूबाट आफ्नो छुट्टै पहिचान बनाउने अभिनेत्री विद्यालाइ साउथ को फिल्म इन्डस्ट्रीबाट निकै अफर्सहरू आइरहेका छन । बिशेष कुरा के भने विद्या यी फिल्महरू खेल्ने सोचाइमा समेत पुगिसकेकी छन । हालै मात्र एक कुराकानीका क्रममा उनले बताए अनुसार ‘ मलाइ मलयालम, तेलगु, तमिल, मराठी, बंगाली फिल्म मेकर्सका अफर लगातार प्राप्त भैरहेका छन । मलाइ केही मराठी, मलयालम र बंगाली फिल्महरूको स्क्रिप्ट पनि मन परेको छ । तर अहिले यो कुरा भने भन्न मुस्किल छ कि यसको डेट्स मेरो प्लानका हिसाबले मिलिरहेको छैन ।’ विद्या भन्छिन कि उनलाइ केही फिल्महरू निकै मन परेका छन । तर समय नमिल्दा अहिले ती फिल्महरूमा काम गर्न सकिरहेकी छैनन । भविष्यमा केही अन्य भाषाका राम्रो फिल्म पाएमा काम गर्ने उनी बताउँछिन !
Javascript DisablePlease Enable Javascript To See All Widget
Post a Comment