सनी लियोन कति हट र बोल्ड छिन् यो तपाईहरु सबैलाई थाहै छ । एकपटक पुनः सनी लियोनले आफ्नो छवि ‘हेट स्टोरी –२’ मा छरपस्त पारेकी छन् ।
हेट स्टोरी २ को गीत ‘पिंक लिप्स’मा सनीले दर्शकलाई आफ्नो मादक भूमिकाका कारण आकर्षित गरेकी छन् । गीतको प्रोमोमा सनीलाई सेक्सी डान्स गर्दै देखाइएको छ। जुन काँचको पर्दामा आगो सल्काउन काफी हुने अनुमान गरिएको छ।
‘बेबी डल’ मा जस्तै यो गीत पनि अन्जनर खुशबु ग्रेवालले गाएका हुन् । भिडियोमा सनीलाई कयौ पहिरनमा देखाइएको छ। यो गीत हेरेपछि सनीले अश्लिल नदेखिइकनै कसरी सेक्स अपिल पर्दामा उतार्न सकिन्छ भन्ने कुरा बुझेको देखिन्छ ।
हेट स्टोरी २ सेक्समा आधारित थ्रिलर फिल्म हो । चलचित्रको कथा नायिकाले आफ्नो प्रेमीको हत्याको बदला लिन गरिएका गतिविधिमा आधारित छ। चलचित्रको निर्देशन विशाल पंड्याले गरेका हुन् ।
चलचित्रमा अभिनेता सुशान्त सिंह, जय भानुशाली र सुरवीन चावलाको मुख्य भूमिका छ । हेट स्टोरी २ जुलाई १८ मा रिलिज हुँदैछ। एजेन्सी

Post a Comment