news and more entertainment

बाह्र वर्षीयाबालिका द्वारा आत्महत्या

रत्ननगर (चितवन), असार २२ – चितवनको नारायणगढमा एक बालिकाले आत्महत्या गरेकी छिन् ।
भरतपुर नगरपालिका–४ स्थित नारायणगढको न्युरोडमा स्थानीय विष्णुप्रसाद क्षेत्रीकी १२ वर्षीया छोरी देविला क्षेत्रीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शनिबार घरमै पङ्खामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा स्थानीय र परिवारले फेला पारेपछि उनलाई गम्भीर अवस्थामा उद्धार गरिएको थियो । देविलाको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।
बाह्र वर्षीया बालिकाले के कारणले आत्महत्या गरेकी हुन् त्यो भने खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
ratopati भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget