डोटी, २२ असार । डोटीको सदरमुकाम सिलगढीमा एक १३ बर्षिया बालिका बलात्कृत भएकी छन् ।
बैतडी जिल्ला घर भई सिलगढीस्थित सेनाको शिवदल क गुल्ममा कार्यरत सैनिक जवान गणेश विकलाई बालिका बलत्कारको आरोप लागेको छ ।
जिल्ला अस्पताल डोटीमा बालिकाको स्वास्थ्य परीक्षण पश्चात मेडिकल रिपोर्ट
अनुसार बालिका बलात्कृत भएको प्रमाणित भएको हो । बलात्कृत बालिकाको गाला र
पिठ्युमा चोट लागेको छ । आरोपी सैनिक जवान शिवलद गणको नियन्त्रणमा राखिएको
बताइएको छ ।
पीडित बालिकाका बुबाका अनुसार शुक्रबार राति आँगनबाट मुख थुनेर गुल्मभित्र
लगेर बलत्कार गरिएको हो । संगै रहेकी अर्की बालिकाले थाहा पाएर होहल्ला
गरेपछि बालिकालाई छोडिएको थियो । बालिकाको घर शिवदल गुल्म नजिकै छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक उद्धवदेव भट्टका अनुसार
मेडिकल रिपोर्टको आधारमा बलत्कार प्रमाणित भइसकेकाले किटानी जाहेरीका
आधारमा सैनिक जवानमाथि कारवाही प्रक्रिया अगाडि बढाइएकोे छ ।
पीडित बालिकाको बुबाले जिल्ला प्रहरी कार्यालय डोटीमा सैनिक जवानका नाममा
किटानी जाहेरीसहित उजुरी दर्ता गराउनु भएको छ । बालिकाको जिल्ला अस्पताल
डोटीमा उपचार गरिएको छ ।
via-sambadmedia
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment