news and more entertainment

साधुले महिलालाई अपहरण गरि ११ वर्षसम्म गरिरहे बलात्कार

मथुरा– उत्तर प्रदेशको मथुरा जिल्लामा एक साधुमाथि महिलालाई ११ वर्षसम्म यौन उत्पीडन गरेको गम्भिर आरोप लागेको छ । जानकारीका अनुसार मथुरामा बस्ने ‘मौनी बाबा’ ले ती युवतीको अपहरण त्यतिबेला गरेका थिए जब उनी १० कक्षामा पढ्ने गर्दथिन् । यो घटना सन् २००३ को हो । अपहरणपछि उनलाई वाराणसीमा राखियो । 

उक्त साधुबाट उनको दुई छोराहरु पनि छन् । पुलिसले उक्त घटनाको बारेमा छानबिन गरिरहेको छ । मौनी बाबा फरार छन् र उनलाई पक्राउ गर्नका लागि समूह गठन गरिएको बताइएको छ । बाबाले उनलाई गलत कामहरु पनि गराउने गरेको उक्त महिलाको ठहर छ । यस्तो नगरेमा उनलाई कुट्ने गरेको पनि उनले बताइन् । उनी कुनै प्रकारले उक्त साधुको फन्दाबाट भाग्न सफल भइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget