news and more entertainment

कसैले हात काटिदेला भनेर डराउँछन शाहरुख खान

नयाँ दिल्ली, आइतबार राती द अनुमप खेर शो ‘कुछ भी हो सकता है’ मा बलिउड स्टार शाहरुख खानले यस्तो कुरा भने जुन कुरा उनले शायदै यस अघि भनेका थिएनन । भारतीय कलर्स च्यानलमा आउने यस प्रोग्रामलाइ होस्ट गरिरहेका ऐक्टर अनुपम खेरसंग कुराकानीका क्रममा शाहरुख खान धेरै पटक इमोशनल पनि भए । उनले आफ्नो जिवनका बारेका बिभिन्न त्यस्ता कुराहरू स्पष्ट बताएका थिए । अनुपम खेरले यस सो मा सोधे कि के तपाइँलाइ यो कुरा सोचेर डर लाग्दछ कि आगामी समयमा कोही तपाइँ भन्दा ठुलो स्टार पनि बन्न सक्दछन ? यसमा शाहरुखले यस्तो नहुने बताएका थिए । 

शाहरुखले हाँस्दै भने ‘म एक साचो कुरा भनु?’ अनुपमले भने, ‘हजुर भन्नुस।’ यस कुरामा शाहरुखले भने म अन्तिम स्टार हूं । जब म मुम्बइ आएको थिए, त्यसबेला मैले स्टारडस्ट म्यागेजीनलाइ दिएको अन्तर्वार्तामा पनि भनेको थिए कि म बेस्ट छु । त्यसबेला मानिसले मलाइ यो घमण्डी छ भनेका थिए । थाहा छैन कति धेरै आलोचना भयो । म जब बिहान उठ्छु र यो कुरा त्यसबेला यो कुरा सोच्दछु कि म बेस्ट छु, नत्र म केही गर्न सक्दिन । यद्दपी, मलाइ थाहा छ कि म बेस्ट छैन । शाहरुखले भने कि विहान बिहान एक बच्चा उठेर भित्तामा लेख्दछ कि आई एम द बेस्ट। तर लेखिसकेपछि यो सोच्दछ कि मेरो दाजु जो बेस्ट डाक्टर छ ।

मेरी दिदि उ पनि त ब्याडमिन्टनमा वर्ल्ड च्याम्पियन भएकी छन । फेरी उ सोच्दछ र भित्तामा लेखेको मेटेर फेरी लेख्दछ कि आई एम द बेस्ट इन द वर्ल्ड। म पनि त्यस्तै बच्चा जस्तै छु । जब म बिहान उठ्दछु र यो कुरा विश्वास दिलाउँछु कि म बेस्ट हूं। यो घमण्ड हैन । यो शायद आफैंलाइ विश्वास गर्न्र हो । जब अनुपमले सोधे कि जब तपाइँको छोराले भन्न थाल्छ कि कि आईएम द बेस्ट कस्तो लाग्छ ? उनले भने यो भन्दा राम्रो के हुन्छ । 

म कोशिश गर्दछु कि मेरो छवि घमण्डी नबनोस । तर म काम गरिरहन्छु । मेरो फिल्म चेन्नैएक्सप्रेस को एउटा संवाद छ- यहीं पर खड़ा हूं, उखाड लो । साँच्चै म यही छु, केही गर्न सके गर । तर मलाइ थाहा छ यो कसैले गर्न सक्दैन । अनुपमले सोधे कि तपाइँलाइ के कुराबाट डर लाग्छ ? यसमा एसआरकेले भने, ‘मलाइ यो कुराले डर लाग्दछ कि कसैले मेरो हात नकाटोस । 

किनभने म फिल्महरूमा हात धेरै फैलाउने गर्दछु । यस बाहेक मलाइ कुनै कुराले डर लाग्दैन । म निकै संवेदनशील छु । अनुपमले उनलाइ पछिल्लो पटक कुनबेला रूनुभएको थियो भनि सोध्दा शाहरूख भन्छन कि आईपीएलमा रोएको थिए । पछिल्लो दुइ तीन बर्षमा रूने मौकानै परेको छैन । तर म रून्छु । कहिले काहीँ आमा बुबाको यादमा रून्छु । म धेरै बाथरूममा रून्छु, ताकि कसैले नदेखोस । 

उक्त शो मा उनले आफ्नो छोरा बलिउडमा हिरो नै बन्ने बताए । हिरोको छोरा हिरो नै बन्छ उनले भने । जिन्दगीमा जे पनि हुनसक्ने बताउँदै उनले जिन्दगीको अन्तमा सबै कुरा राम्रो हुन्छ । राम्रो भएन भने त्यो अन्त नै हैन,  अनुपमको शो मा बलिउडका किङ खानले भनेका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget