news and more entertainment

सम्भोगमा आनन्द लिने सूत्रहरु

सम्भोग सम्पूर्ण प्राणीहरुको निम्ति अनवरत सृष्टिलाई चालु राख्न सन्तानोत्पादनका निम्ति प्राकृतिक प्रक्रिया हो तर मानव समुदाय सम्भोगलाई यतिमै सीमित राख्न चाहँदैन । मानव आज पर्यन्तको सृष्टिको सर्वशक्ति जागरुक तथा चेतनशील भएको नाताले सम्भोगमा ऊ अत्यन्त सन्तुष्टि र आनन्द समाविष्ट गर्न चाहन्छ र मानव जातिको सर्वोत्कृष्टको आधारमा भन्ने हो भने यो स्वाभाविक पनि छ । सम्भोग मात्रै त पशुपंक्षी, कीटपतङ्ग पनि गर्छन्, सन्तान उत्पादन मात्रै त जीवित घाँस, विरुवाले पनि गर्छन् । तर सम्भोगमा अनुपम आनन्द, दुई पक्षीय सन्तुष्टि, मानसिक तथा भावनात्मक मिलन त अधिकांश मानव मात्रको नैसर्गिक अधिकार भने पनि हुन्छ ।
   
                      यस सम्भोग शिक्षाको शुरुवात यस आधुनिक युगमा मात्रै भएको होइन, परापूर्वकालदेखि निर्मित भएका मन्दिर टुँडालहरुमा पनि सम्भोगलाई जीवित तुल्याउने उद्देश्यहरु देख्न
पाइन्छ । त्यसैले यस सम्भोगलाई आधारिक आनन्दमयी तथा सफल कसरी बनाउने् यस विषयमा चर्चा गर्नु आवश्यक छ । कतिपय हृष्टपुष्ट व्यक्तिमा भएको सम्भोग क्रियाको असमर्थताले यसलाई झूटो सावित गरिएको छ । दुब्लो, पातलो व्यक्ति पनि राम्रोसँग सम्भोग सुख प्राप्त गर्न सक्छ अर्थात् समागममा शारीरिक गठनलाई त्यति महत्व दिइँदैन जति उसको मानसिक सक्षमतालाई लिइन्छ । कतै�कतै लिङ्ग समागममा शारीरिक गठनलाई त्यति महत्व दिइँदैन, जति उसको मानसिक सक्षमतालाई लिइन्छ ।
   
                   कतै�कतै लिङ्गको आकारलाई लिएर तथा कतै योनीको आकारलाई लिएर पनि मनमा भ्रान्ति बोकेर रहेका युवा जमात पाइन्छ । तर सम्भोगमा दृढ आत्मविश्वास छ भने शारीरिक बनोट गौण बनी सक्षम यौनक्रिया गर्न सकिन्छ । कतिपय शरीरको आकार अति बेढङ्ग भएका छन् भने आसन बदलेर सम्भोग गरेमा चरमसुख प्राप्त गर्न सकिन्छ । पति पत्नीमा आपसी सद्भाव सेक्सको सफलताको निम्ति एक शक्ति आत्मिक आधार हो । जो पति पत्नीमा एक अर्काको भावना बुझ्न सक्ने सामथ्र्य छ, उनीहरु सेक्स क्रियामा सन्तुष्ट हुन सक्छन् । वैवाहिक जीवनको मूलआधार विश्वास नै हो । काम भए शारीरिक सन्तुष्टिको पर्याय हो जुन वैवाहिक जीवनबाट मुक्त हुन्छ । वैवाहिक जीवनका कल्पना पुरुष सेक्ससँग मात्र सम्बन्धित भएर गर्दैन ऊ आफ्नो नजिककी प्रियासँग सुख दुःखका साथै त्यसमा धुर मिलनको बेलामा आपसी अनुभवका कुराहरु आपसमा बाँड्न चाहन्छ भने स्त्री पनि यही चाहन्छे ।
         
                                 यही विश्वासमा हुर्केको आत्मिक आकर्षण सेक्सको लागि सफल कारकतत्व हो । विश्वास विनाको रति साँचो अर्थको सम्भोग नभएर दुई देहको मिलन मात्र हो । शारीरिक बाह्य आवरण तथा दुर्गन्धित शरीरप्रति सचेतना आकर्षण कायम राख्न सौन्दर्यताप्रति सजग हुनु आवश्यक छ । प्रत्येक व्यक्ति आफू सुन्दर देखिन बल गर्छ । त्यसको फलस्वरुप ऊ सुन्दरताको प्रतिदान चाहन्छ । आत्मिक सुन्दरताको साथमा दैविक सुन्दरता मानवीय भावना हो । त्यसैले सुन्दरता पनि सेक्स उत्तेजनामा सहायक हुन्छ । अझ भन्ने हो भने युवा तथा युवतीमा प्रथम आकर्षण बाह्य सुन्दरताले नै पार्दछ । त्यसमा पनि स्त्री जाति त सौन्दर्य विना अधुरो नै हुन्छन् । उनीहरुको शरीरको प्रत्येक अङ्गमा सुन्दरताको खोजी हुन्छ । सम्भोग तथा त्यो अवस्था हो, जहाँ दुई स्त्री�पुरुषबीच सम्पूर्ण दोहोरो धड्कनको निकटता तथा अँगालोको बन्धनका कारण यो समय दुई ज्यान एक भएको समय जस्तै हो । यस बेलामा भए अर्काप्रति अनपेक्षित दुर्गन्धको प्रक्षेपण भएमा सम्पूर्ण सामीप्यतालाई तत्काल दुरीमा बद्लिदिन्छ ।
                       
                            कामकलामा विशेषज्ञ भए पनि यसप्रति असफलताको प्रमुख कारण श्वासको दुर्गन्ध देखा पर्दछ । यसको लागि चाँडो उपचार गर्नु नै असल हुन्छ । सेक्स प्रक्रिया शुरु हुनु अघि सुगन्धित पदार्थले दुर्गन्धित बनाउन आवश्यक हुन्छ । सामीप्य विना सेक्स हुँदैन र दुर्गन्धले दूरी बढाउँछ । त्यसैले यस विषयमा ध्यान पु�याई सम्भोगप्रति आकर्षण बढाएमा स्त्रीपुरुषबीच सम्बन्ध गहिरो बन्ने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget