मुटु सम्बन्धि विभिन्न रोगका कारण बेलायतमा दश लाख जना मानिसले सम्भोगबाट
हात धोएको एक अध्ययनले देखाएको छ मुटु सम्बन्धि विभिन्न खाले समस्या भएका
मानिसहरुले सेक्स गर्न छाडेको र त्यसको मुख्य कारण सेक्सले आफुलाई हृदयाघात
हुने डर उनीहरुमा रहेको पाइएको छ ।सर्भेक्षणका मुटुरोगीमध्ये एक तिहाइले सम्भोगको दरलाई निकै कम गरेका र हरेक पाँचमा एक जनाले त ठ्याप्पै बन्द गरेका पाइयो ।
एक अनुमान अनुसार बेलायतमा मुटुरोगीको संख्या ७० लाखको हाराहारीमा छ ।
बेलायती मुटु फाउण्डेसनले मुटुरोगका कारण सेक्स त्याग्नेको संख्या १० लाख
भन्दा बढि रहेको ठहर गरेको छ ।
अध्ययनका क्रममा समावेश गरिएका मध्ये हरेक ७ जनामा एक जनाले मुटुरोगका कारण
आफुहरुमा सेक्सप्रतिको रुची नै घटेको बताए । आफ्नो मुटुको अवस्थाका कारण
उनीहरुमा रहेको मानसिक तनाले सेक्स प्रति रुची घटेको ठम्याइ विज्ञहरुको छ ।
त्यस्तै ५ प्रतिशतले शल्यक्रियाको डर मनमा सधै रहीरहेका कारण आफुहरुलाई सेक्सप्रति आकर्षण नजागेको बताए ।
बेलायती हार्ट फाउण्डेसनका डोरेन म्याडोकले सेक्स निकै महत्वपूर्ण
विषयवस्तु भएपनि यसले परामर्श कक्षमा ध्यान खिच्न नसकेको बताए । सेक्सले
मुटुरोगीलाई झनै लाभ मिल्ने भएपनि यसतर्फ चेतना जगाउन नसकिएको ठम्याइ उनको छ
Post a Comment