भोली
अर्थात सोमबार नेपाली सिने उद्योगका निकै चर्चित जोडी श्रीकृष्ण श्रेष्ठ र
श्वेता खडका विवाह बन्धनमा बाधिदैछन । पाँच बर्षदेखिको प्रेमलाई विवाहको
रुप दिने क्रममा दुलहा बन्न लागेका श्रीकृष्ण भन्दा दुलही स्वेता बढी नै
उत्साहित देखिएकी छिन । उनले सामजिक सञ्जालमा आफ्ना अगामी दिनहरुको बारेमा
उत्सुकता देखाउदै खुशी ब्यक्त गरिरहेकी छिन ।
त्यति मात्र हैन उनले आफ्नो अफिसियल फेसबुक मा मेहेन्दी लगाएर सजिएको
सुन्दर तस्वीरहरु अपलोड गरेकि छिन । जसबाट दुलहि बन्नको लागी स्वेता
अत्यन्त उत्साहित रहेको प्रस्टिन्छ ।
श्रीकृष्ण र स्वेताको विवाह सोमबार बिहान होटल इन्द्रेणी गौशलामा सम्पन्न हुनेछ । दुवैको पारिवारिक सदस्यहरुको उपस्थितिमा सामन्य तरिकाले नै विवाह सम्पन्न हुनेछ बुझिएको छ । विवाहको रिसेप्सन पार्टी भने होटल इन्द्रेणीमै सोमबार साँझ आयोजना गरिएको छ । पार्टीमा करिब पाँच सय फिल्म सम्बद्ध ब्यक्ति र अन्य आफन्त, शुभचिन्तकलाई डाकिएको छ । पार्टीलाई भव्य बनाउन होटल साजवट देखि लिएर खानपिनको समेत उच्च प्रबन्ध गरिनेछ । पार्टीमा श्रीकृष्ण अभिनित प्राय सबै फिल्मको हिट गीतहरु म्युजिकल ब्यान्डको सहयोगमा बजाइने बिशेष तयारीसमेत गरिएको छ । यसरी उच्च स्तरको पार्टी ब्याबस्थापनको लागी कोहिनुर जोडीले करिब एक करोड खर्चिने बुझिएको छ ।
उमेरले
ठुलो अन्तर रहेको यी जोडी फिल्म कहाँ भेटिएलाबाट नजिकिएका हुन । त्यसपछि
निरन्तर निकटमा रहेको यी जोडीले पारिवारीक दबाबमा विवाहको निर्णय लिएका हुन
। कहाँ भेटिएलापछि श्रीमान श्रीमतिमा सँगै देखिएको यी जोडी अब कोहिनुरमा
पुन सँगै देखा पर्दैछन । दुवैले सहाकार्यमै बनाएको फिल्म कोहिनुर आउदो साउन
२३ गते अलनेपाल रिलिज हुनेछ ।
स्मरण रहोस सोही दिन अर्थात सोमबार नै सिने नगरीका अर्का चर्चित जोडी दिया मास्के र अनुप बराल पनि विवाह बन्धनमा बाँधिदैछन ।

Post a Comment