news and more entertainment

बोक्सी भने १० वर्ष जेल सजाय

काठमाडौँ, २२ असार, कुनै पनि महिलालाई बोक्सी भने या आरोप लगाई यातना दिएमा १० वर्षसम्म जेल सजाय हुने भएको छ । समाजमा बढ्दो महिला हिंसा नियन्त्रण गर्न नयाँ विधेयक ल्याई नेपाल सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

यसकालागि बोक्सीको आरोपमा गरिने दुर्व्यवहार र कार्यस्थलमा हुने यौन दुर्व्यवहार निवारण गर्न दुई विधेयक संसदमा दर्ता गरिसकेको छ । बोक्सीको आरोपमा गाली बेइज्जती गर्ने, आरोप लागेको व्यक्तिको परिवारको कुनै सदस्यप्रति अपमानजनक व्यवहार गर्ने, बोक्सीको आरोपमा सामाजिक बहिष्कार गर्ने, बसोबास गरेको ठाउँबाट निकाला गर्नेलगायत दुर्व्यवहार गरे बोक्सीको कसुर ठहरिने व्यवस्था मस्यौदा विधेयकमा गरिएको छ ।

यसैगरी धामी–झाँक्री, टुनामुना, तन्त्रमन्त्र, झारफुक वा यस्तै अन्य कुनै माध्यमबाट बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने, रासायनिक, विषालु वा जैविक पदार्थ प्रयोग गरी वा अन्य कुनै किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी वा नपारी कुनै ठाउँमा घुमाउने अथवा कुनै किसिमले अमानवीय वा अपमानजनक व्यवहार गर्ने, बोक्सीको आरोपमा अंगभंग गर्ने वा यस्ता कार्यमा मद्दत गरे बोक्सीको कसुर ठहर हुने विधेयकमा उल्लेख गरिएको छ ।

एकपटक सजाय भोगिसकेको व्यक्तिले पुनः अपराध दोहोर्याए कारबाही पनि दोब्बर हुने व्यवस्था विधेयकमा गरिएको छ । साथै सार्वजनिक पदमा रहेकाले बोक्सीसम्बन्धी कसुर गरे १० प्रतिशत सजाय थप हुने, अदालतबाट दिइएको आदेश पालना नगरे १० हजारदेखि ३० हजारसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने विधेयकमा उल्लेख छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget