news and more entertainment

९४ वर्ष पहिले भएको थियो मृत्यु, आजपनि झिम्काउँछ लासले आँखा

इटाली (एजेन्सी)– जब मानिसहरु चल्न, चट्पटाउन, केहि हाउभाउ गर्न, सास फेर्न बन्द गर्छ र शरिर चिसो हुन्छ त्यतिबेला कसैको मृत्यु भएको भनेर बुझ्नुपर्छ । तर मृत्यु भइसकेपछि पनि कुनै लासले आँखा झिम्काउने गर्दछ भने यो भन्दा रोचक कुरा अरु के होला र ? हो, यस्तै अचम्म भएको छ इटालीको सिसिली राजधानी प्यालरमोमा ।
‘स्लिपिङ ब्युटी’ नामांकरण गरिएको सन् १९२० मा मृत्यु भएका दुई वर्षीया रोजालिया लोबरडोले आफ्नो चिहानमा आँखा झिम्काएको पाइयो । यो अचम्मको घटनाको जानकारी दिँदै एक इटालियन पत्रिकाका अनुसार, सन् १९२० मा मरेका आठ हजार मानिसको चिहानलाई प्यालरमोको एक सम्मेलनमा सुरक्षित राखिएको छ । त्यसै क्रममा लोबरडोले आफ्नो चिहानमा आँखा झिम्काइरहेको पाइएको छ ।
यो अचम्मको खबर यति छिटो फैलिरहेको छ कि यो असाधारण घटनाको एक झलक पाउन मानिसहरु संसारभरबाट सिसिलीतर्फ आइरहेको बताइएको छ ।
यद्यपी, चिहानका निरिक्षक ड्यारियो भन्छन् कि यो प्रकाशद्वारा उत्पादित एक अप्टिकल भ्रम मात्र हो । तर, यो घटनाको पर्दाफास त्यतिबेला भयो जब लोबरडोको लासलाई एक सिल गरिएको ग्लासको शव–पेटिकामा सारियो ।
शव–पेटिकाका निरिक्षक भन्छन् कि लासको आँखा पूरै बन्द नभएका कारण यस्तो अड्कलबाजी गरिएको हो ।
रोजलियाको बुवाका साथीले शवलाई सफल संरक्षण गर्नका लागि कस्तो खालको रसायन प्रयोग गरिएको छ भन्ने विषयमा अनुसन्धान गर्ने क्रममा यो रहस्य सन् २००९ मा सार्वजनिक भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget