असार २१ बुटवल । बुटवलमा एक ७१ वर्षीय वृद्धामाथि बलात्कार भएको छ ।
वृद्धालाई पाल्पा रामपुरका ३३ वर्षीय कुलबहादुर परियारले बलात्कार गरेका
आरोप लागेको प्रहरीले जनाएको छ ।
रक्सीले मात्तिएका रिक्सा चालक परियारले बुटवल सभागृहमा वृद्धाको दुई हात
बाँधेर बलात्कार गरेका हुन् । बलात्कारको क्रममा वृद्धाको दाहिने हात समेत
भाँचिएको छ ।
बलात्कार पछि रगताम्य अवस्थामा बृद्धालाई देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले वृद्धालाई उद्धार गरी लुम्बिनी अञ्चल अस्पताल पु¥याएको थियो ।
बलात्कार गर्ने परियारलाई प्रहरीले पक्राउ गरी जवरजस्ती करणीको मुद्धा दायर
गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
Post a Comment