असार २१ काठमाडौ - अचेल बदलिदो विश्वमा भएका विविध प्रविधी तथा सामाजिक
सञ्जालहरूको कारणले धेरै मान्छेहरू कम सुत्ने तथा अाराम गर्ने गर्दछन ।
पर्याप्त मात्रामा शरीरलार्इ अाराम नपुग्दा विभन्न किसिमका समस्याहरू देखा
पर्दछन । चाहिँदो भन्दा बढी सुत्नु मात्र होइन, कम सुत्नु पनि उत्तिकै
नोक्सानदायक हुन सक्छ । कम सुत्ने व्यक्तिको मस्तिष्क समय अगावै बूढो हुन
थाल्छ । ५५ वर्षमाथिका ६६ स्वस्थ चिनियाँ व्यक्तिमा अनुसन्धानपछि निकालिएको
यो तथ्य 'स्लिप जर्नल' मा प्रकाशित छ ।
अध्ययन अनुसार, सात घन्टाभन्दा कम सुत्ने व्यक्तिको मस्तिष्कमा विपरीत
प्रभाव पर्ने गर्छ । दिनहुँ जति कम सुत्दै गयो स्मरणशक्ति उतिउति घट्दै
जान्छ । कम सुत्ने व्यक्तिहरूमा अल्जाइमर जस्तो मानसिक रोगको जोखिम बढी
हुने अनुसन्धाताहरूले बताएका छन् ।स्लिप जर्नल
Post a Comment