फिल्मीबजार,२०७१ असार ३२ बुधवार,काठमाण्डौ ।
सदाबहार नायिका करिश्मा मान्धरले अभिनेता राजेश हमाललाई ‘चिप’ हिरोको संज्ञा दिएकी छिन् । करिश्मा र राजेशको फिल्मी जोडी एक समय सर्वाधिक रुचाइएका रिल जोडी हुन् । यी जोडीले चलचित्र भाउजू,वसन्ती,ताल,ढुकढुकी,अल्लारे र पलपलमा जस्ता चलचित्रहरुमा सँगै काम गरेका थिए। यी मध्येका कति केहि फिल्म चलेका फिल्मको सुचिमा पनि पर्छन् । यी दुइ नेपाली फिल्मी उद्योगमा सबै भन्दा चर्चित र ख्याती प्राप्त सेलिब्रेटी हुन् । करिश्माको सौन्दर्यताको बयान हुन्छ भने हमालको व्यक्तित्वको प्रसंशा हुन्छ । आफ्नो व्यक्तिवका कारण यी दुइलाई सबैले कलाकारिता को खम्बाको रुपमा पनि लिने गर्छन । रिलकै जोडी यी दुइ निकै निकट पनि छन् । राजेश हमालले गत जेष्ठ १० मा प्रेमिका मधु भट्टराई संग बिहे गरे त्यस लगत्तै आफैले सुहाग रातको फोटो सामाजिक संजाल फेस बुक मार्फत सार्बजनिक गरे पछी राजेशलाई आम जनमासले हेर्ने दृष्टिकोण्मा समेत फरक आएको छ । उक्त तस्बिर सार्बजनिक पुर्बक राजेशलाई जुन तरिकाले एउटा पढे-लेखेको बौधिक स्तरको हिरोको रुपमा हेरेकाले पनि अहिले राजेश हमालको नाम आउने बित्तिकै ओठ खुम्चाउना थालेका छन् । यसै क्रममा सदाबहार नायिका तथा राजेशको रिलको जोडी करिश्मा मानन्धरलाई पनि सो तस्बिर सार्बजनिकले चित्त बुझेन । त्यसर्थ अहिले उनले अदृश्यरुपमा सो तस्बिरको खण्डन गर्न थालेकी छिन् । करिश्माकै शब्दमा भानु पर्दा ‘राजेशको पछिल्लो हर्कत एकदम चिप लाग्यो, त्यस्तो सस्तो हर्कत उहाँको व्यक्तित्वसँग पटक्कै मेल खाँदैन’। करिश्माले यी कुरा भन्दै गर्दा सुहाग रातकी तस्बिरलाई इंगित गरेको कुरा सहज रुपमा बुझ्न सकिन्छ । करिश्माले हालै मिडिया संग यस किसिमको प्रतिकृया दिएकी हुन् । यसो त पछिल्लो समयमा हमालले फिल्म र म्युजिक भिडियो छानेर खेल्न नसक्दा पनि उनको नाम र काममा प्रश्न चिन्ह खडा हुने गरेको छ
।

Post a Comment