news and more entertainment

पुरुषको यौन क्षमता महिलाले यसरी सुँघेरै थाहा पाउँछन्

 एक अध्ययनका अनुसार कुनैपनि पुरुषमा पुरुषत्व(मर्द पना) कति छ ? अर्थात् यौन क्षमता कति छ भन्ने कुरा महिलाले सुँघेरै थाहा पाउछन्   ।अनुसार आफ्नो प्रजनन चक्रको चरम सिमामा रहेका महिलाहरुले सेक्स हर्मोनका कारण पुरुषका सरीरबाट आउने विशेष गन्ध सुँघेर पत्ता लगाउँछन् र टेष्टेस्टेरोन हर्मोन बढि भएका पुरुषप्रति बढि आकषिर्त हुन्छन् ।

अध्ययनका क्रममा पुरुषमा टेष्टेस्टेरोन र कोर्टिसोल हर्मोनको मात्राको आधारमा महिलाले मन पराउने गन्धको परीक्षण गरिएको थियो ।
अध्ययनका क्रममा केही पुरुषहरुलाई दुइ रातसम्म एउटै टिसर्ट लगाउन दिइएको थियो र उनीहरुलाई सरीरमा कुनैपनि सेन्ट छर्किन नदिइ धूमपान, मध्यपानका साथै लुसन, प्याज, खुर्सानी तथा अरु बासनायुक्त खाना खान समेत दिइएन ।

त्यसपछि ती पुरुषहरुको सरीरबाट उनीहरुले लगाएका टिसर्ट फुकाली महिलाहरुलाई सुँघ्न दिइयो र कुन टिसर्टको गन्ध मन पर्यो ? परेन ? भनेर सोधियो साथै उनीहरु रजस्वला चक्रको कुन अवस्थामा छन् भन्ने कुरा पनि सोधियो ।शोधकर्ताहरुले टिसर्ट लगाउने पुरुषहरुको र्यालको नमूना लिएर हर्मोनको मात्रा समेत चेकजाँच गरे । नतिजाले के देखायो भने आफ्नो रजस्वला चक्रको पिक मा रहेका महिलाहरुले बढि हर्मोनयुक्त पुरुषले लगाएको टिसर्टको गन्ध मन पराए र त्यो टिसर्टको गन्ध मनलाग्दो, सेक्सी भएको जवाफ दिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget