news and more entertainment

क्षमता भन्दा बढी सम्बन्ध राख्नेले मात्र फिल्म पाउने ! सुमिना घिमिरेको

आश्विन ८, बुधवार

नेपाली फिल्म नगरीमा कुनै समय अभिनेत्री सुमिना घिमिरेको खुबै चर्चा थियो । मिडियामा आएसँगै मिनाबाट सुमिना बनेकी उनी भविष्यको सुपरस्टार बन्ने होडमा देखिएकी थिइन् । तर, उनको चर्चा हिजोआज सेलाएको छ ।

एक अनलाईन पोर्टलसँग कुरा गर्दै सुमिनाले राम्रो काम गरेपनि फिल्म क्षेत्रमा बेरोजगार हुने बताइन् । उनले फिल्म नगरीमा राजनीति धेरै भएको भन्दै क्षमता भन्दा पनि सम्बन्धले फिल्म पाइने बताएकी छिन् ।

लामो समयपछि मिडियामा आफ्नो मुख खोलेकी सुमिनाले राम्रो भूमिका पाउन कलाकार भन्दा पनि आफै निर्माता हुनुपर्नेमा जोड दिएकी छिन् । सम्भवत सुमिनाको यो चाहे अनुसारको भूमिका नपाउनुको पिडा पनि हुनसक्छ ।

फिल्ममा अभिनय गर्ने कलाकारको 'क्रेज' कम भएको उनको वुझाई छ । राजेश हमाल, विराज भट्ट, निखिल उप्रेतीलाई हेर्न जाने दर्शक अहिलेका कलाकारलाई हेर्न हलसम्म नपुगेको उनी बताउँछिन् ।

सुमिनाले आफ्नो विवाह भएको भन्ने खबर मिडियामा आएपछि निक्कै ठूलो दु:ख भोग्नु परेको सुनाइन् । उनले एक यूवती एकपटक मात्र छोरी र बुहारी बन्ने भएकाले विवाह भैसकेको खबरले आफ्नो भविष्य कस्तो हुने हो भन्ने चिन्ता लाग्ने जनाइन् । उनले आफ्नो विवाह भएको भनिएका पुरुष आफ्नो मामा भएको खुलाईन् ।

फेसबुकमा भएका २५ भन्दा धेरै फेक आइडीका कारण आफूलाई समस्या परेको उनको वुझाई छ । फेक आइडीमा आएका खबरलाई मिडियाले वुझ्दै नवुझी समाचार बनाएको भन्दै सुमिनाले आक्रोश पोखिन् । यसले आफ्नो भविष्यलाई असर पर्ने भन्दै दु:ख व्यक्त गरिन् ।

आफू एक व्यापारीसँगको प्रेममा रहेको भन्दै 'रंग बैजनी' हिरोइनले भगवानले जुराइदिए भने २ बर्षपछि बिहे गर्ने सोचाई राखेको खुलाएकी छिन् । मिडियामा बारम्बार विभिन्न किसिमका विवादमा फस्दै आएकी यी अभिनेत्रीले आफूलाई स्थापित गर्न मिडियाको ठूलो हात भएको भन्दै अहिले आफूलाई धेरै पछार्न लागेको गुनासो गरिन् ।

नभएको कुरा लेखिदिंदा एकदमै चित्त दुखेको उनले सुनाइन् । आफ्नो बारेमा आएका समाचार आफूले पचाएपनि परिवारले पचाउन नसकेको उनको भनाई छ । उनले मान्छे चिन्न नसक्दा आफूलाई अहिले अप्ठ्यारो भएको सुनाइन् ।  भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget