news and more entertainment

कुन देशका नायिकाहरु सबैभन्दा सेक्सी ?

काठमाडौं । आफ्ना फिल्महरुमा सेक्सी देखिनमा बलिउड नायिकाहरु सबैभन्दा अगाडि देखिएका छन् । करिब ३५ प्रतिशत महिलाहरु सिल्भर स्क्रीनमा केही न केही नग्नता देखाएका हुन्छन् ।bipasha-
संसारका लोकप्रिय नायिकाहरुमा गरिएको अनुसन्धानमा उक्त तथ्य बाहिर आएको हो । यो अध्ययन ‘जेण्डर इन मिडिया’ मा गीना डेविस इन्स्च्यिुटले गरेको हो ।
अध्ययनका अनुसार भेदभाव, रुढीवादिता व्यापक रुपमा फैलिरहेको र महिलाहरु सेक्सी देखिने तथा फिल्महरुमा दमदार भूमिका देखाउनका लागि नांगिने प्रवृत्ति बढेको उल्लेख छ ।
भारतीय फिल्ममा महिलाहरु सेक्सी देखिने प्रवृत्ति ज्यादा भएको पनि उल्लेख छ । बेलायत र अमेरिकाबीचको सहयोगमा बनेका फिल्महरुपनि पनि यस मामिलामा निकै पछि देखिएका छन् । फिल्ममा महिलाहरु सेक्सी देखिने प्रचलन भने संसारभरी नै बढिरहेको छ ।
उनीहरु सेक्सी देखिनका लागि केही कपडा लगाएर वा पुरै कपडा पन्छाउन समेत पछि पर्दैनन् । अध्ययनका अनुसार भारतीय फिल्ममा ३५ प्रतिशत महिलाहरु आकर्षक देखिनका लागि केही नग्नताका प्रस्तुत हुने गर्दछन् ।
महिलाहरु कपडामा सेक्सी देखिनका लागि भारत सबैभन्दा अगाडि छ भने त्यसपछि जर्मन र अस्ट्रेलियाका दोस्रो र तेस्रो नम्बरमा छन् ।
-एजेन्सीको सहयोगमा
- See more at: http://www.nepalsandesh.com/2014/09/24/104887#sthash.DVRHNQuo.PQZ1HDcT.dpuf भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget