news and more entertainment

राजेश हमालको यस्तो लापरबाही !

असोज ८ गते
काभ्रे । अभिनेता राजेश हमाललाई धेरैले ‘महानायक’ भन्ने गरेका छन् । ‘महानायक’ हुनुको सिद्धान्त के हो ? त्यो भन्नेहरुलाई समेत थाहा छैन । तर, अभिनेता हमालको एउटा तरिका भने ‘महान’ छ, त्यो हो, बोलाएको ठाउँमा ढिला पुग्नु । हुन त कार्यक्रममा ढिला पुग्नुलाई ‘नेपाली चाला’ भन्न थालिएको छ । ‘नेपाली सयम यस्तै हुन्छ’ भन्दै बोलाएको कार्यक्रममा ढिलो पुग्नु कलाकारका लागि फेसन भएको अवस्थामा ‘महानायक’ हमाल केही ढिला पुग्नुलाई सामान्य मान्नुपर्छ । तर, चार–चार घन्टासम्म कुर्नेलाई कस्तो पीडाबोध होला ? सोमबार अभिनेता हमालले काभ्रेको नौबिसेस्थित भकुण्डेमा सुरु भएको ‘बृहत् भकुण्डेबेँशी महोत्सव’ मा चार घन्टा कुराए, अर्थात उनी बोलाएको समयभन्दा चार घन्टा ढिला पुगे । हमालको पर्खाइमा बालबालिकादेखि ८० वर्षसम्मका वृद्धृबृद्धाले चार घन्टा कुरेका थिए । ढिला आएर पनि विशर्म उनी मञ्चमा आसिन भए ।
राजेशको चलचित्रलाई धेरै माया गर्ने र हेर्न रुचाउने बताउने ८० वर्षीया बोधलक्ष्मी सिलवाल चार घण्टादेखि हमालको पर्खाइमा थिइन् । हमाललाई पर्खिरहँदा उनले भनिन्, ‘यसरी चर्को घाममा बस्नलाई निकै गाह्रो भइरहेको छ, गाह्रो भएर के गर्नु आफूलाई हेर्न मन लागेको छ ।’ कटुञ्जेवेँशीदेखि अभिनेता हमाललाई प्रत्यक्ष हेर्ने अभिलाषा बोकेर महोत्सव स्थलमा आइपुगेका इन्दिरा श्रेष्ठले पनि ब्यग्र पर्खाइमा देखिथिइन् ।
बोधलक्ष्मी र इन्दिरा दाहरणका पात्र मात्र हुन् । हजारौँको संख्यामा महोत्सवस्थल आएका सर्वसाधारणले महोत्सवको अवलोकन भन्दा पनि हमाललाई प्रत्यक्ष हेर्ने मनसायले चार घण्टा बिताए । चार–चार घण्टा पर्खाइमा बस्नुपरेपछि निराशा बनेका उपस्थित सबै राजेशको उपस्थितिपछि हँसिला भए ।
नेपाल इआइदो तथा केन्दो महासंघ काभ्रेको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन गर्दै राजेशले आफ्नो प्रस्तुती दिएपछि महोत्सवस्थलको माहौल छुट्टै बन्यो । पृथ्वी चलचित्रमा राजेशले बोलेको ‘साथीको लागि यो हात सलाम हो, दुष्मनको लागि यो हात फलाम हो’ भन्ने डायलगले महोत्सवको माहौल तताएको थियो । उनको यो संवादसँगै दर्शकबाट ताली बज्न थालेपछि राजेशले अर्को प्रस्तुती दिएका थिए । नृत्यसँगै महोत्सवस्थललाई तताएको हमालका कारण दर्शकको भीड बढेको थियो । १० दिन चल्ने महोत्सवको उद्घाटन अभिनेता हमालले गरेका थिए ।
महोत्सवमा करिब ६० लाख बराबरको कारोबार गर्ने आयोजकको लक्ष्य छ । महोत्सवमा बुद्धचित्त माला, कपडा, भाँडाकुडा लगायत ४४ वटा स्टल छन् भने महोत्सवलाई करिब १ लाखले अवलोकन गर्ने आयोजक कमिटिले अनुमान गरेको छ ।


काभ्रे जिल्लाको व्यापारिक नगरी बनेपा, धुलिखेललगायतका बजारबाट अन्यत्र ठाउँमा महोत्सवको आयोजना गर्न नसकिरहेको अवस्थामा यहाँ महोत्सवको आयोजना गरिएको हो । भकुण्डेँवेशी क्षेत्रलाई पर्यटकीय हिसाबले परिचित गराउने लक्ष्यसहित गरिएको महोत्सवबाट उठेको रकम मार्सल आर्ट कभर्ड हल निर्माणमा प्रयोग गरिने नेपाल इआइदो तथा केन्दो महासंघ काभ्रेका अध्यक्ष एवं महोत्सव संयोजक माधव दहालले बताए ।
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget