news and more entertainment

साहरुख खानसँग डराए ब्राड पिट ?

अभिनेता शाहरुख खानलाई बलिउड फिल्मी क्षेत्रको ‘बादशाह’ मानिन्छ । उनको चर्चा भारतीय सिने जगतमा मात्र नभई नपाललगायत थुप्रै देशहरुमा हुने गर्दछ । हलिउडमा पनि उनको निकै चर्चा हुने गरेको खबरहरु हामीले कहिँकतै पढ्ने र सुन्ने गरेका छौँ । एउटा यस्तो खबर छ जसका अनुसार शाहरुख खानको हलिउडमा चर्चा मात्र नभई त्यहाँका निकै चर्चित कलाकार उनीसँग डराउने खुलासा भएको छ । हलिउडका किंग मानिने shahrukhkhan-brad-pitब्राड पिटले शाहरुखको बहुप्रतिक्षित फिल्म ‘ह्याप्पी न्यू इयर’ का लागि आफ्नो महत्वाकांक्षी फिल्म ‘फ्युरी’ को रिलिज डेटलाई स्थगित गरेका छन् । जानकारी होस्, हलिउड अभिनेता ब्राड पिटको फिल्म ‘फ्युरी’ भारतमा आउँदो अक्टोबर ३१ तारिखका दिन रिलिज हुने बताइएको थियो । यो निर्णय भारतमा मनाइने ‘दिवाली’ पर्व र शाहरुख खान अभिनित ‘ह्यप्पी न्यू इयर’ को रिलिजलाई मध्यनजर गर्दै स्थगित गरिएको खबरमा उल्लेख छ । विदेशमा ‘फ्युरी’ अक्टोबर १७ तारिखका दिन रिलिज हुने बताइएको छ । (एजेन्सी) - भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget