news and more entertainment

विनाले भनिन्-मेरो छोरा शाहरुखसँगै फिल्म खेल्छ


२०७१ असोज ८ गते
मुम्बई । अस्मित पटेलसँग यौन विवादमा परेकी पाकिस्तानी आइटम गर्ल वीना मलिकलाई पुत्रलाभ भएको छ । अमेरिकाको एक अस्पतालमा उनले छोरा जन्माएकी हुन् । नी आमा भएको जानकारी उनका श्रीमान असद बशीर खानले ट्वीटर मार्फत गराएका छन् ।
‘बिग बोस’ चौथो सिजनकी हट प्रतियोगी विनाले केही हिन्दी फिल्ममा उत्तेजक भंगीमा अभिनय समेत गरेकी छिन् । सन २०१३ मा दुबइका ब्यबसायी असदसँग बिबाह गरेपछि उनि अमेरिका भासिएकी थिइन् ।
छोराको नाम अबराम
विनाले आफ्नो छोराको नाम अबराम राखेकी छिन् । उनलाई विश्वास छ एकदिन आफ्नो छोराले बलिउडमा शाहरुख खानसंगै फिल्म खेल्ने छ । उनी फिल्ममा आउने सम्भावना भने लगभग टरेको छ । बिबाह लगत्तै उनले आफु अभिनयमा नफर्किने बताएकी थिइन् ।
विना आफैमा विवादास्पद आइटम गर्ल थिइन् । कहिले म्याच फिक्सिङ त कहिले क्रिकेटरसँग जोडिएको प्रसँगले उनी वारम्वार विवादमा आइन् । म्यागेजिनको कभरपृष्ठमा राखिएको टपलेश तस्विरले पनि उनि विवादमा तानिएकी थिइन् ।
बिग बोसमा सहभागी हुँदा अस्मित पटेलसंगको यौन सम्बन्धले उनी बढी नै बिबादमा आइन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget