news and more entertainment

छविको बन्धन तोडेपछि शिल्पाको आँखा सुन्नियो

२०७१ असोज ८ गते
मोडलबाट नायिका बन्ने सुरमा लागेकी शिल्पा पोख्रेलले निर्माता छविराज ओझाको बन्धन तोड्दै एक म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । चलचित्र ‘लज्जा’ प्रदर्शन नभएसम्म शिल्पाले कुनै पनि भिडियो र सिनेमामा काम नगर्ने संझौता छविसँग गरेको चर्चा बजारमा थियो । तर, शिल्पाले हालै मात्र एक भिडियोमा अभिनय गर्दै छविको संझौता तोडेकी हुन् ।
राम्रो भिडियो आएको खण्डमा काम गर्दा केही नहुने तर्क निर्माता ओझाको थियो । तर, पनि छविको सिनेमामा अनुवन्धित भएपछि शिल्पाले भिडियोमा काम गर्न छोडेकी थिइन् ।
भिडियोमा अत्याधिक रुनु परेपछि आँखा सुन्निएको शिल्पाले अनलाइनखबरलाई जानकारी दिइन् । उनले केही समयको ग्यापपछि भिडियोमा काम गर्दा आफूलाई रमाइलो लागेको बताइन् ।
कात्तिक ७ गते उनले नायक आर्यन सिग्देलको जोडी भएर काम गरेको चलचित्र ‘लज्जा’ देशभर प्रदर्शनमा आउँदैछ । नवल नेपालको निर्देशनमा तयार भएको यो चलचित्रलाई छविराज प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । एक यूवतीले घरदेखि कार्यलयसम्म सहनु पर्ने पीडालाई चलचित्रमा देखाउन खोजिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget