news and more entertainment

दोश्रो विवाह गर्दै शाहरुख खान

बलिउडका बादशाह समेत भनिने अभिनेता शाहरुख खानले दोश्रो विवाह गर्ने भएका छन् । उनले नयाँ डान्स रियालिटी शो 'दिल से नाचें इण्डियावाले' मा एक महिला प्रतियोगीसँग विवाह गर्ने भएका हुन् । कार्यक्रममा पुगेको बेला एकाएक प्रतियोगीले विवाहको प्रस्ताव राखेपछि शाहरुखले ती युवतीलाई विवाह गर्ने अवस्थामा पुगेका हुन् । शाहरुखलाई विवाहको प्रस्ताव राख्नु अघि ती युवतीले 'आ रे प्रीतम प्यारे' र 'चिकनी चमेली' जस्ता गीतमा नृत्य गरेकी थिइन् । उनले पनि आफू शाहरुखका लागि पागल रहेको बताएपछि शाहरुख विवाह गर्न तयार भएका थिए ।   कार्यक्रममा दीपिका पादुकोण, अभिषेक बच्चन, बोमन ईरानी, फराह खान, सोनू सूद र विवान शाह जस्ता कलाकार थिए । उनीहरु शाहरुखले विवाहको प्रस्ताव गरेकी युवती इलेनाको प्रस्तुतीबाट निक्कै प्रभावित भएका थिए । जव इलेनाले शाहरुखलाई विवाहको प्रस्ताव राखिन् शाहरुखले पनि "आप सोमवार को क्या कर रही हैं? हम सोमवार को शादी कर सकते हैं!​"​ अर्थात यो सोमबार फुर्सद छ भने विवाह गरौं भनेर जवाफ दिए । कार्यक्रममा उपस्थित फराह खानले भने विवाह सम्भव नभएको तर रोमान्स भने सम्भव रहेको भन्दै मजाक गरेकी थिइन् ।

http://nepaliheadlines.com भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget