news and more entertainment

फोन गरेर बोलाएर सामुहिक बलात्कार

कार्तिक-७, गुलरिया ।
तिहारको पुर्वसन्ध्यामा बर्दिया सानेश्रीमा तीन युवाले एक विवाहित महिलामाथि सामुहिक बलात्कार गरेका छन् । साप्ताहिक हाट कुसुम्बा बजारमा तिहारका लागि सामग्री खरिद गरेर फर्किने क्रममा बुधबार करिब सात बजे २५ वर्षीया महिलामाथि बलात्कार भएको हो । सानोश्री कुसुम्बा बजारस्थित सशस्त्र प्रहरी बेस क्याम्पको उत्तरमा रहेको जंगलमा बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कारपछि पीडित महिला अचेत भएकी थिइन् । होसमा आएपछि नजिकैको सशस्त्र प्रहरी बल बेस क्याम्पमा जानकारी गराएकी थिइन् । लगत्तै सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई जानकारी दिई उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गुलरियामा पुर्याइएको थियो । उनले यम भन्ने व्यक्तिले बलात्कार गरेको बताएकी छिन् । मानसिक रुपमा विक्षिप्त उनी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् । कान्तिपुर

भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget