news and more entertainment

यसरि बनाएको थियो कृषकलाई बाँदरले लखपती !!

कात्तिक, तनहुँ ।  बाँदरले बाली सखाप पार्ने हुँदा धेरै कृषकका लागि टाउको दुखाइको विषय हुनसक्छ, तर यसकै कारण तनहुँको घाँसीकुवा गाविस–३ कमलबारीका थुप्रै बासिन्दा लखपति भएका छन् भन्दा भने धेरैलाई आश्चर्य लाग्न सक्छ । बाँदरको नियन्त्रण गर्न कठिन भएपछि १५ वर्षअघि खेती गर्न छाडेका सो ठाउँका कृषक बाँझो बारीमा हुर्किएको खयर रुख बेचेर हाल मनग्गे कमाउन सफल भएका हुन् । कमलबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष बलराम नहर्कीले खयरको काठ बेचेर लाखौं आम्दानी गर्नुभएको छ । दुई वर्षअघि काठ बेचेर रु तीन लाख ५० हजार आर्जन भएको थियो भने यो वर्ष रु पाँच लाखको बिक्रीMonkey गर्न बैना भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार कमलबारी र यस आसपासमा पर्ने घाँसीकुवा गाविसकै वडा नं ३, ४, ५ र ६ पर्ने गाउँका ३० घर परिवारले खयरको काठ बिक्री गरेर करिब रु ५० लाख आम्दानी गरेका छन् । भारतीय र तराईका व्यापारी आएर खयरको काठ किन्ने गरेको र यसबाट राम्रो कमाइ गरिरहेको स्थानीय रमेशराज शर्माले बताउनुभयो । यसका खरिदकर्ताका अनुसार घर सजावटका लागि चाहिने रङ र औषधि बनाउनका लागि खयरको काठ काम लाग्छ । व्यापारीले प्रतिक्युफिट रु ७०० मा खयरको काठ किन्ने गरेका छन् । एउटै रुखबाट कमलबारीका बासिन्दाले रु ३० देखि ५० हजार कमाएको नहर्की बताउनुहुन्छ । खेतीभन्दा खयरबाट हाल धेरै गुना फाइदा भएपछि कृषक दङ्ग परेका छन् । कृषकले खेती लाउन छाडेपछि प्राकृतिक रुपमै उम्रिएका त्यसका बिरुवा नउखलिने हुँदा आफैँ हुर्किन्छन् । बिरुवा आफैँ हुर्कने हुँदा खेती जस्तो दुःख गर्न नपरेको र हरियालीमा पनि वृद्धि भई वातावरण स्वाच्छ भएको स्थानीय जुना शर्माले बताउनुभयो । रासस - See more at: http://nepaliheadlines.comभिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget