news and more entertainment

रहस्यमय राजेश हमाल

नायक राजेश हमाल धेरैजसो समय रहस्यमा नै बस्न चाहन्छन् । हङकङमा आयोजना भएको अवार्ड समारोहमा पनि नायक हमाल रहस्यम नै देखिए । कार्यक्रममा सहभागी हुन आएका अधिकांश कलाकारको मााझमा हमाल रहेनन् । उनी कहाा बसे, कसरी आए र कसरी फर्किए,
कसैले पनि खासै भेउ पाएनन् । नायक राजेश हमालको रहस्यमय व्यवहारमा कती चलचित्रकर्मीले कुरा समेत गरे । अन्य कलाकारको भेलबाट टाढा रहने हमालको रहस्यमयशैली देखेर निर्देशक निर शाहले रमाइलोमा भने-‘हमालजी आएको गएको नै पत्तो भएन ।’ अवार्ड समारोहमा मात्र चलचित्रकर्मीको बिचमा देखिएका हमाल यसपछि भने कतै पनि देखिएनन् । हमालले घुलमिल हुन नसकेका हुन् या सेलिबे्रेटी क्रेजको छनक दिएका हुन्, उनले नै जान्ने कुरा हो । तर, पनि एकसाथ आएका ९० बढी कलाकर्मीको बिचमा एक्लै हराएका हमालको शैली भने रोचक नै थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget