news and more entertainment

घन्टाघरबाट खसेकी महिलाको मृत्यु आत्महत्या नैः प्रहरी

आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने केन्द्र धरानस्थित घण्टाघर सुनसान देखिएको छ। आइतबार अपरान्ह घण्टाघरको माथिल्लो तलाबाट नवविवाहिता कोशी-हरौचा नगरपालिका १४ की हेमन्ती मगरको मृत्यु भएपछि घण्टाघरमा चढ्न रोक लगाएसँगै सुनसान देखिएको हो।  
घण्टाघरमा टिकट बुकिङ गर्ने राजा सुब्बाका अनुसार दैनिक १ सयभन्दा बढी पर्यटकहरुको घुइँचो लाग्ने केन्द्रमा सोमबार खासै मान्छेको आवतजावत देखिएन्। उनले मृत्यु भएको ठाउँ हेर्नका लागि भने केही घुइँचो लागेको थियो। असोज ३० गतेमात्रै बिहे गरेकी हेमन्तीले आत्महत्या नै गरेकोसमेत प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ। 

मृत्यु भएको समयमा उनका श्रीमान टोमबहादुर मगर भने पानी लिन तल झदै थिए। सोही समयमा उनको मृत्यु भएको थियो। 'पानी तिर्खा लाग्यौ भनेपछि म तल ओर्लिदा नै उनी झरेको रहिछन्।, प्रहरी हिरासतमा रहेका उनले भनेका थिए। 
इलाका प्रहरी कार्यालय धरानले आइतबार साँझ बयान लिएर चारै जनालाई छाडेको छ। घण्टाघरमा घुम्न आउने अन्य तीनजनालाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका मध्ये शुक्रराज राईले भने आफूहरुलाई साडी मिलाउँछु भन्दै नर्हेनका लागि भनिएपछि दक्षित तर्फको मोहडामा गएको बताएका थिए। 

'अहिलेसम्म प्रारम्भिक अनुसन्धाले आत्महत्या नै भएको देखिन्छ।' इलाका प्रहरी कार्यालय धरानका डिएसपी संजयसिंह थापाले भने 'हामीले मोबाइल फोनकल्सहरु पनि लिएका छौं। केही दिनपछि नयाँ पर्दा खुल्ला।, उनका अनुसार घटनास्थलमा भएका व्यक्ति, श्रीमानहरुसँग लिएका बयानहरुको घटनास्थल र घटनास्थलको प्रकृतिले नै आत्महत्या भएको देखाएको छ। तर, पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेकाले पनि थप अनुसन्धान खुल्ने बताएका छन्।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget