news and more entertainment

माघ ८ गतेपछि प्रधानमन्त्रीले कुर्सी खाली गर्नुपर्छ : ओली

काठमाडौं, कात्तिक ३ – नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रचण्डले एमाओवादी र मधेशवादी दल सहमतिमा नआए प्रकृयामा गएर संविधान निर्माण गर्ने बताएका छन् ।     आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै ओलीले भने–‘‘माओवादी सहमतिमा नआएपनि हामीसँग स्पष्ट बहुमत र दुई तिहाई छ । संख्याको आधारमा गएर भएपनि हामी संविधान जारी गरेरै छाड्छौँ । विरोधलाई सामना गर्दै प्रक्रियाबाट संविधान जारी गर्छौँ । कसैले रोक्न सक्दैनँ । सहमति गर्न वार्ता गर्नुपर्ने बेलामा आन्दोलन गर्नु राम्रो भएन । एमाओवादी र मधेशवादी दलले गलत काम गर्दैछ । यसबाट उनीहरु ब्याक हुनु पर्छ । आन्दोलनबाट ब्याक नभए विगतमा १० वर्षे जनयुद्धमा गएर पछुताए जस्तै पुनः पछुताउनु पर्छ ।   उनले एमाओवादीले संविधानसभाबाट संविधान आउन नदिन दोहोरो चरित्र निर्वाह गरिरहेको आरोप लगाउँदै संविधान निर्माण गर्छु भनि शर्तमा प्रचण्डलाई राजनीतिक समितिको संयोजक बनाएको तर आज आन्दोलनको धम्की दिएर वतावरण बिगारिरहेको बताए ।   अध्यक्ष ओलीले २२ दलका २२ सय मान्छे जम्मा गरेर माघ ८ गते संविधानसभाबाट संविधान जारी हुन नदिने षड्यन्त्रमा प्रचण्ड लागेको आरोप पनि लगाए । अध्यक्ष ओलीले देशलाई तल पारेर प्रचण्ड आफू ठूलो हुने योजनामा रहेको दाबी गर्दै देशलाई तल पारेर व्यक्तिलाई ठूलो पार्ने काम एमालेले कदापि नगर्ने बताए ।   उनले सहमति नगर्ने किरिया खाएर एमाओवादी र मधेसवादी दलहरु बस्ने भए उनीहरुको आन्दोलनको सामना गनै आफूहरु तयार रहेको बताउँदै प्रक्रियाबाट संविधान जारी गर्ने चेतावनी पनि दिए । ओलीले ८० प्रतिशत जनताले लोकतान्त्रिक संविधान निर्माणको लागि प्रतिनिधि चुनेर पठाईसकेको बताउँदै फेरि पनि दुई चार जना असफल नेताहरुले जनमत संग्रहको माग गर्नुको कुनै अर्थ नभएको स्पष्ट पारेका छन् । उनले भने–‘‘चार जना नेता असफल हुँदैमा जनमत संग्रहको माग गर्नु भनेको फेरि पनि मुलुकमा वितण्डा मच्चाउन खोज्नु हो । यसको अहिले कुनै आवश्यक छैन ।’’   उनले एमाओवादी र मधेसवादी दलले भने जस्तो धेरै प्रदेशमा मुलुकलाई नटुक्राउने स्पष्ट पार्दै चार प्रदेशमा लगिने बताए । आफू कोशी, राजधानी, गण्डकी र कर्णाली प्रदेशको पक्षमा रहेको बताउँदै सहमतिकोलागि बढीमा छ प्रदेशसम्म जान सकिने तर माओवादीहरु ६ प्रदेशमा नआए चार प्रदेशमा आफुहरु फर्कने चेतावनी दिए ।   ‘‘राष्ट्रिय संसद भवन नभएर भाडामा बस्नु परेको छ । १० प्रदेश बनाएर गर्भनर, मुख्य मन्त्री, मन्त्री, संसदको कार्यालय र आवास गृह अहिले बनाएर संघीयता संस्थागत गर्न सकिन्छ ?– ओलीले प्रश्न गरे । उनले मुलुक धेरै प्रदेशमा गए आउँदो १०० वर्ष प्रदेश निर्माण गर्नेमा समय खर्चिने समेत स्पष्ट पारेका छन् । ओलीले औषधी सेवन गरेझैं गरि विशेष स्फूर्ति देखाएर धेरै प्रदेश बनाउनुपर्छ भन्नु हाँस्यास्पद भएकोसमेत प्रष्ट पारेका छन् । उनले केन्द्रले स्रोत जुटाएर प्रदेश चलाउन नसकिने पनि बताएका छन् ।   उनले सानो देश नेपाललाई धेरैवटा संघीय राज्यमा लगेर फाईदा नभएको उल्लेख गर्दै सबैलाई चित्त बुझाउन आफूहरु संघीयतामा गएको समेत सो अवसरमा स्पष्ट पारे ।   ओलीले समग्र मधेस एक प्रदेश बनाउनेहरुले फापर फल्ने पहाडलाई धेरै टुक्रामा टुक्राउने कुरा गर्नु हाँस्यास्पद भएको भन्दै फापर फल्ने पहाड र अन्नको उर्वर भूमि तराई समेटेर प्रदेश बनाईने स्पष्ट पारे । पूर्वसहमति अनुसार प्रधानमन्त्री सुशिल कोइरालाले माघ ८ गते संविधान बने पनि नबनेपनि पद छाड्नु पर्ने भन्दै प्रधानमन्त्रीले संविधान जारी नभए आफूले पद नछाड्ने अभिव्यक्ति दिएको भन्नेमा आफूलाई विश्वास नभएको बताए ।   ओलीले भने–‘‘प्रधानमन्त्रीले माघ ८ गते संविधान जारी नभए पद छाड्दिन भन्नु भएको भए गलत भन्नु भएको हो । सहमति अनुसार प्रधानमन्त्रीले संविधान जारी भए पनि नभए पनि छाड्नु पर्छ । त्यसपछि एमालेको नेतृत्वमा सरकार बन्छ । प्रधानमन्त्रीले माघ ८ मै संविधान आउँछ भनेको भएर अहिले नै अविश्वास गर्नुहुँदैन । तर पनि अब प्रधानमन्त्री कोइरालाले माघ ८ गतेपछि पद छाड्नैपर्छ त्यसको विकल्प छैन ।’’   पार्टीभित्र माधवकुमार नेपाल र आफूवीच कुनै मतभेद नरहेको स्पष्ट पार्दै उनले महाधिवेशनको राप र ताप सेलाईसकेकोले अब एकताबद्ध भएर अघि बढ्ने समेत स्पष्ट पारे
http://www.ratopati.com

भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget