news and more entertainment

घाँस काटेर फर्केकी महिला माथि प्रहरीले गरे बलात्कार

कार्तिक-११, बागलुङ ।
सशस्त्र प्रहरीबलका हवल्दारले तिहार बिदामा घर आउँदा यहाँकी महिलालाइ बलात्कार गरेका छन् । देविस्थान ९ का ३१ बषिर्य दिर्घप्रसाद शेरचनले घाँस काटेर फर्केकी स्थानीय महिलालाई कात्तिक ७ गते बेलुकी बलात्कार गरेका हुन् ।



जबरजस्ती लछारपछार पार्दै लडाएपछि बेहोस भएकी उनलाई बलात्कार गरेका थिए । शेरचन चितवनमा कार्यरत छन् ।टाउको र छातीमा घाउ लागेकी ती महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिवाङले पक्राउ गरी शेरचनलाई जिल्ला प्रहरीमा पठाएको छ ।

होसमा आउँदा शेरचनले बलात्कार गरेर भागेका थिए । मैले प्रतिकार गर्दा मार्ने धम्की समेत दिएको थियोु पीडितले भनिन्, बलत्कार गरेर बेहोस भएपछि होस आएपछि सकी नसकी घर पुगें । पीडितका आफन्तले शुक्रबार रातीनै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट प्रहरीले शेरचनको चप्पल समेत बरामद गरेको छ ।

पीडित महिला टोलाइरहने, डराउने लगायतका लक्षण देखाई रहेकोले महिला विकास कार्यालयले संचालन गरेको अल्पकालिन सेवा केन्द्रले स्वास्थ्य उपचार र कानूनी उपचारको काम थालेको केन्द्रकी कार्यक्रम संयोजक शर्मिला थापाले बताइन् ।

पीडितको धौलागिरी अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण समेत गरिएको छ । केन्द्रले पुनरावेदन अदालत बार इकाइको सहयोगमा शेरचनलाई अदालतमा मुद्दा दिएपछि म्याद थप गरिएको छ । केन्द्रमा बढीमा १५ दिन सम्म उपचार गरी राख्ने व्यवस्था छ । 
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget