news and more entertainment

सहयोग गर्नुहोस् र मज्जाले स्तन खेलाउनुहोस


टोकियो । जापानमा अश्लील चलचित्रका नायिकाहरूको एक समूह लोकोपकारका लागि रकम उठाउन यसै साताको अन्त्यमा २४ घन्टासम्म आफ्नो स्तन प्रशंसकलाई खेल्न दिने तयारीमा छ । यसलाई सामान्य भाषामा ‘बुब एड’ अर्थात् स्तन सहयोगको नाम दिइएको छ ।

वयस्कहरूका लागि तयार पारिएको चलचित्रका नौ नायिकाले स्थानीय आमसञ्चारलाई आफ्नो सहयोग ‘स्टप एड्स’ अभियानका लागि हुने र यस प्रक्रियालाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने जानकारी दिएका छन् । उनीहरूले सहयोगी व्यक्तिलाई यस प्रक्रियामा भद्र भइदिन आग्रह गरेका छन् । ‘म आफ्नो स्तन मानिसहरूले खेलाएको हेर्न वास्तवमै प्रतीक्षारत छु’, टोकियो स्पोर्टस् नामक समाचारपत्रमा रिना सेरिनाले भनेका शब्दहरू लगभग यस्तै छन् ।

उनले आफ्ना स्तन खेलाउने व्यक्ति संवेदनशील भए आफू खुसी हुने बताएकी छन् । यस्तो कार्यक्रम आयोजना सन् २००३ मा आरम्भ भएको हो र यस वर्षको कार्यक्रम १२ औँ हो । यसलाई वयस्कहरूले हेर्ने केबुल टेलिभिजनमा प्रसारण गरिनेछ । यी स्तनसँग खेल्ने व्यक्तिले एड्सविरोधी अभियानमा सहयोग गर्नेछन् । पछाडि कपाल बाटेकी सेरिनाले कुनै पनि विवाद सिर्जना होला भन्ने कुरालाई ध्यानै नदिई आफ्नो स्तनले समाजलाई योगदान दिन सक्ने कुरा आफूले कहिल्यै नसोचेको बताइन् । अर्की अश्लील चलचित्र नायिका इकु साकुरागीले आफ्नो स्तनलाई सयौँ हातले खेलाउँदा आफूलाई कुनै असजिलो नहुने बताइन् । ‘यो लोकोपकारका लागि हो । तिनीहरूलाई खेलाउनुस् र पैसा सहयोग गर्नुहोस् । हामी सबै खुसी बनौँ’, एक्काईस वर्षीया यी चलचित्र नायिकाले बताइन् । चौबीस घन्टे स्तन खेलाउने कार्यक्रम शनिबार स्थानीय समयअनुसार साँझ ८:०० बजे आरम्भ हुनेछ र यसलाई जापान फाउन्डेसन फर एड्स प्रिभेन्सनले सहयोग गरेको छ ।


http://tato-khabar.blogspot.co.il/2014/ भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget