news and more entertainment

फिल्ममा नलिएपछि दीपकलाई सन्दिपको यस्तो जवाफ

dipak-and-sandipपहिलो सिनेमा ‘छ एकान छ’मा काम गरेका कलाकार सन्दिप क्षेत्री ‘वडा नम्बर ६’मा भने दोहोरिएनन् । ‘छ एकान छ’मा विभिन्न लफडाका कारण नखेलेका विल्सन विक्रम राई ‘वडा नम्बर छ’मा खेल्न राजी भए । विल्सनले नखेलेपछि ‘छ एकान छ’मा अवसर पाएका सन्दिपलाई निर्माता दीपकराज गिरीले ‘वडा नम्बर छ’मा नलिएपछि विभिन्न चर्चा सुरु भएको छ । दीपकले सिनेमा बनाउँदा कलाकारमाथि व्यसायिक खेल खेलेको बताउँनेहरु पनि कम छैनन् । ‘वडा नम्बर छ’मा भूमिका नपाउनुको बारेमा सन्दिपलाई प्रश्न गर्दा उनले भने-‘मेरो घर ‘वडा नम्बर २’ मा पर्छ । यसैले मलाई २ को बारेमा मात्र थाहा छ, ‘वडा नम्बर छ’ को बारेमा केही थाहा छैन ।’ उनले आफूलाई बचाउने जवाफ दिए । तर, दीपकको सिनेमामा नदोहोरिदा सन्दिपले खल्लो मानिरहेका छन् ।\ यो सिनेमामा सन्दिप मात्र होइन, निर्देशक दीनेश डीसी र नायिका नीता ढुंगाना पनि देखिने छैनन् । नायिकाको रुपमा भने नीतालाई प्रियंका कार्कीले उछिन्ने वुझिएको छ । चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गर्दैछन् । : http://www.onlinekhabar.com भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget