news and more entertainment

तपस्वी बम्जन प्रधानमन्त्रीलाई भेट्न किन बालुवाटार पुगे

2233344
एनपी न्युज डटनेट, काठमाडौँ, ५ कात्तिक । तपस्वी रामलाल बम्जन  र प्रधानमन्त्री सुशील कोइरालाबीच आज भेटघाट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच देशमा शान्ति र अमनचयन कायम हुनुपर्ने, सर्वधर्मको विकास हुनुपर्ने, तोकिएको समयमै संविधान जारी हुनुपर्ने, देशमा आर्थिक विकास भई रोजगारीका लागि युवाको विदेश पलायन रोकिनुपर्ने लगायतमा छलफल भएको थियो ।
भेटका क्रममा प्रधानमन्त्री कोइरालाले शान्ति, अमन चयन, सर्वधर्म विकास, संविधान लगायतको सुनिश्चितका लागि धर्मको माध्यमबाट सबैमा भावना जगाइ दिन तपस्वी धर्मसंघ गुरुसंग कामना गरे ।
धर्मसंघ गुरु बम्जनले आफु सर्वधर्म मार्गबाट सम्पूर्ण जगत प्राणीको कल्याण, मुक्ति र मोक्षको लागि अघिबढीरहेको बताउनु हुदै नेपाल लगायत विश्वमै शान्ति, अमन चयन र स्थायित्वको भावनासाथ धार्मिक यात्रामा रहेको बताए । धर्मगुरु बम्जनले ६ वर्षसम्म तपस्य गरी ज्ञान प्राप्त गरेको स्थल बारा हलखोरियास्थित जंगललाई धार्मिक वन घोषणा गरी संरक्षण गर्न प्रधानमन्त्रीसमक्ष निवेदन गरे । प्रधानमन्त्री कोइरालाले सम्बन्धीत निकायसंग सल्लाह गरी सो वनलाई धार्मिक वन घोषणा तथा संरक्षण गर्ने आश्वसन दिए ।
धर्मगुरु बम्जनले बुधबार नै परराष्ट मन्त्रालय पुग्नुभई राहादानी लिनुभयो । उहाँले रामलाल बम्जनको नामबाट राहादानी लिएका छन् । धर्मगुरु बम्जनलाई परराष्ट मन्त्रालय राहादानी विभागका महानिर्देशक लोकबहादुर थापाले राहादानी प्रदान गरेका हुन् । धर्मगरु बम्जन बुधबार नै बाराको हलखोरियास्थित तपस्यस्थल फर्किएका छन् । ६ वर्षसम्म निराहार निर्जल तपस्यसकेपछि बोधी श्रवण धर्मसंघ गुरु रामलाल बम्जन हाल विश्व शान्ति मैत्रीय पूजाकासाथै धर्मादेशनाको लागि विभिन्न क्षेत्रको भ्रमण गर्दै आएका छन् ।
- See more at: http://www.npnews.net भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget