news and more entertainment

महजोडीलाई अमेरिकामा अपमान’ : मध्यरातमा कागज गराए जनजाति महासंघका नेताले

४ कात्तिक, काठमाडौं । अमेरिकाका बिभिन्न शहरमा महजात्रा देखाउदै हिडेका मह जोडीलाई न्यूयोर्कमा आदिवासी जनजाति महासंघका प्रतिनिधिले अवरोध सिर्जना गरेपछि उनीहरुले तयार पारेको कागजमा सही गरेर मात्र महजात्रा देखाउनुपरेको खुलासा भएको छ । सबै नेपाली समुदायले सम्मान गर्ने कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जनजाति महासंघका अमेरिका शाखाका पदाधिकारीले ‘पहिचान विरोधी’ भन्दै झमेलामा पारेको स्रोतले जनाएको छ । महजात्रामा संघीयता बिरोधी र जातीय पहिचान विरोधी व्यंग्य कार्यक्रमहरु समावेश भएको भन्दै जनजाति नेताहरुले मध्यरातमा मह जोडीलाई भेटेर उनीहरुले भने बमोजिम प्रहसन देखाउन दबाब दिएको आयोजक समितिका एक सदस्यले बताए ।

 गत शुक्रवार र आइतवार न्यूयोर्कमा भएको महजात्राको आयोजना रिजउड नेपाली समाजले गरेको थियो । ‘जनजातिका नाममा राजनीति गर्ने केही व्यक्तिले सिंगो नेपाली समाजले सम्मान गर्ने मह जोडीको अपमान गर्न खोजे,’ स्रोतले भन्यो । जनजाति महासंघ अमेरिका शाखाका प्रथम उपाध्यक्ष मणी वाङदेल राई र महासचिव मानवहादुर रानासँग मह जोडीले वार्ता गरेर मध्यरातमा उनीहरुले तयार पारेको कागजमा हरिवंश आचार्यले हस्ताक्षर गरेका थिए । जसमा संघीयता र पहिचानको विषयमा कुनै पनि व्यंग्य गर्न नपाईने शर्त उनीहरुले राखेको स्रोतले जनाएको छ । महजात्रामा प्रस्तुत प्रहसनहरुमध्ये नेवार बहादुर, बाहुन बहादुर र मडनको फोटो स्टुडियो नामका दुई कार्यक्रममा जनजाति नेताहरुले आपत्ति जनाएका थिए ।
                                            अमेरिकामा मह जोडीलार्इ गराइएको कागज 

‘महजोडीको अपमान’ 

‘यी हास्यव्यंग्य प्रस्तुतीहरुमा भरपुर मनोरन्जन सँगसँगै नेपालको राष्ट्रिय एकता, जातीय सद्भाव, सबै भाषाभाषी धर्म संस्कृतिले गौरव गर्ने र सबैको पहिचान झल्कने संघीयता गणन्त्र र लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्ने सन्देश रहनेछ’ हरिवंशले हस्ताक्षर गरेको कागजमा भनिएको छ । आयोजक पक्षले भने महजोडीका कुनै पनि प्रस्तुतिमा जातीय क्षेत्रीय कुरा नभए पनि जनजाति महासंघका पदाधिकारीले आफ्नो दादागिरी देखाउन सम्मानित कलाकारलाई अपमानित गर्न खोजेको आरोप लगाएका छन् ।

अमेरिका जस्तो विश्वको सम्बृद्ध मुलुकमा आफ्नै देशका दाजुभाइले जातीय संकिर्णता देखाएको भन्दै कागज गरेपछि मह जोडीले स्थानीय नेपाली समुदायसँग चित्त दुःखाएका थिए । उनीहरुले नेपालमा अहिले भएको परिवर्तनको आन्दोलनमा आफूहरुले अग्रमोर्चामा रहेर सहभागिता जनाएको स्मरण गराएका थिए । महजोडीले यसअघि अमेरिकाका १४ शहरमा यिनै कार्यक्रम देखाएका थिए । न्यूयोर्कमा केही उग्र जातिवादी व्यक्तिहरुले यसअघि पनि नेपालबाट गएका नेतालाई कालोझण्डा देखाउने हर्कत गरेका थिए । भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget