चितवन, ३ साउन। मनकामना केबुलकारको टिकट शुल्कमा भारी वृद्धि गरिएको छ। महँगी बढेको भन्दै साउन १ गतेदेखि लागू हुने गरी व्यवस्थापनले टिकटको शुल्कमा रु १५० बढाएको हो।
यसअघि टिकटको मूल्य रु ४२५ कायम थियो। सबै क्षेत्रमा महँगी बढेको कारण टिकट शुल्क बढाउनुपरेको मनकामना दर्शन प्रालिका प्रबन्धक डिएन कायस्थले बताउनुभयो।
सो केबुलकार नेपालको पहिलो र एकमात्र केबुलकार हो। चितवनको दारेचोक गाउँ विकास समिति वडा नं ३ कुरिनटारबाट केबुलकार चढेर गोरखाको मनकामना मन्दिरको दर्शन गर्न जाने श्रद्धालुको ठूलो भीड लाग्ने गर्दछ। मूल्य वृद्धिसँगै मन्दिर दर्शनका लागि जाने भक्तजनहरु प्रत्यक्ष प्रभावित हुने भएका छन् ।

Post a Comment