news and more entertainment

अमेरिकी सर्वोच्च अदालतले समलिंगी बिहेलाई मान्यता

ऐतिहासिक निर्णय सुनाउँदै अमेरिकी सर्वोच्च अदालतले क्यालिफोर्नियामा समलिंगी विवाह सम्पन्न गर्ने मार्ग खोलिदिएको छ ।
यो निर्णयपछि समलिंगी जोडी तथा समर्थकले खुसी मनाएका थिए । वासिङ्टनस्थित सर्वोच्च अदालतको बाहिर ठूलो भीड जम्मा भएको थियो । सानप|mान्सिस्को तथा न्युयोर्कमा हजारौंले खुसी मनाएका थिए । नौ न्यायाधीशयुक्त इजलासले समलिंगी विवाहलाई राष्ट्रव्यापी रूपमा मान्यता दिएको भने छैन ।
यस निर्णयको पक्षमा पाँच र विपक्षमा चार न्यायाधीश थिए । उनीहरूले विवाह संरक्षण ऐनको समलिंगी विवाहित दम्पतीलाई संघीय सुविधा नदिने व्यवस्थालाई खारेज गरेका छन् । यस व्यवस्थाले विवाहको परिभाषामा महिला तथा पुरुषबीचको वैवाहिक सम्बन्धलाई मात्र स्वीकार गरेको थियो ।
न्यायाधीश एन्थोनी केनेडीले लेखेको बहुमतको मतमा 'विवाह संरक्षण ऐनले पााचांै संशोधनले दिएको व्यक्तिको समान स्वतन्त्रता उल्लघंन गर्ने भएकाले यो असंवैधानिक भएको' उल्लेख गरिएको छ ।
अपि|mकाको भ्रमणमा रहेका राष्ट्रपति बाराक ओबामाले यस निर्णयको प्रशंसा गर्दै 'हामी सबै समान रूपमा सिर्जना भएका हौं भनी घोषणा गर्ने हामी जनता हौं र हामी एकअर्कालाई समान छौं भन्ने कुरामा पनि प्रतिबद्धता प्रकट गछौर्ं' भनी विज्ञप्ति जारी गरेका छन् ।
विवाह संरक्षण ऐनले समलिंगी विवाहलाई संघीय सुविधाका लागि अस्वीकार गरेको थियो । यस्ता सुविधामा परिवारका लागि दिइने कर छुट, अस्पतालमा खर्च तथा परिवारका लागि आवास सुविधामा पनि परेका थिए । यस निर्णयका कारण अमेरिकाका १२ राज्य तथा क्यालिफोर्नियामा समलिंगी विवाह गर्न पाइने भएको छ । अन्य ३० राज्यमा अझै विवाह भन्नाले महिला तथा पुरुषबीचको विवाह भन्ने बुझिन्छ ।
'प्रोपोजिसन एट' नामक यस मुद्दाका निवेदक क्रिस पेरीले सर्वोच्च अदालतको भर्‍याङमा आफूहरू अब क्यालिफोर्नियामा परिवारको रूपमा बस्न सक्ने बताए । ओबामा समलिंगी विवाहलाई सार्वजनिक रूपमा स्वीकार गर्ने प्रथम राष्ट्रपति हुन् । विवाह संरक्षण ऐनको यस मुद्दामा निवेदक बनेका ८४ वषर्ीय एडिथ विन्डसरलाई फोन गरी ओबामाले बधाइ दिँदै यसका लागि निकै समय लागेको बताए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget