news and more entertainment

नयाँ ड्रग्सले विश्वका सरकारलाई समेत समस्या

पछिल्ला केही वर्ष यता विश्वभर नै एक नयाँ लागु औषधको प्रयोग निकै तिब्र दरमा बढिरहेको र एक हदसम्म यो लागुऔषधको आतंक फैलिँदै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका अनुसार लिगल हाइ नामक उक्त लागु औषधले विश्वका केही देशका सरकारलाई समेत समस्यामा पारेको छ ।

संयुक्त राष्ट्रसंघ अन्तरगतको अफिस अन ड्रग्स एण्ड क्राइम (युएनओडिसी) का अनुसार हालैका वर्षहरुमा हेरोइन तथा कोकिन जस्ता परम्परागत लागु औषधको खपत स्थिर छ तर लिगल हाइ नामक ड्रग्सको खपत लगातार बढिरहेको छ । युएनओडिसीको रिपोर्ट अनुसार यो लागु औषधले इन्टरनेटको माध्यमबाट विश्वभरको बजारमा आफ्नो स्थानलाई मजबुत बनाइरहेको छ ।

के हो लिगल हाइ ड्रग्स ?

यो लागु औषध न्यू साइकोएक्टिभ सब्सटान्स -एनपिएस) को नामले पनि चिनिन्छ भने विश्वका विभिन्न देशका बजारमा स्थानीय नामले पनि चिनिन्छ । यो ड्रग्स विश्वका धेरै देशमा इन्टरनेटको माध्यमबाट खुलमखुल्ला तरिकाले विक्रि भैरहेको र यसको फैलावट परम्परागत लागु औषधको तुलनामा निकै खतरनाक रहेको राष्ट्रसंघको भनाई छ । यो ड्रग्सको नियन्त्रणका लागि विश्वव्यापी कानून नभएकाले पनि यसको फैलावट खतरनाक तरिकाले भैरहेको बताइएको छ ।

दुइगुणा बढ्यो खपत

यो ड्रग्स सुरुमा एसियाली मुलुकहरुमा प्रयोग हुने गरेकोमा अहिले विश्वव्यापी भैसकेको छ । अहिले यसको सबैभन्दा ठूलो बजार अमेरिका हो । युरोपेली देशहरुका युवामा पनि यो ड्रग्सको प्रयोग उच्च बनिरहेको र १५ देखि २४ वर्ष उमेर समूहका ७ लाख बेलायती युवा यसको लतमा फसेको बताइन्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget