काठमाण्डौ, ३ जेठ । बलिउडकी चर्चीत नायिका काजोल पहिला काली थिइन् । फिल्मका निर्देशकहरु उनलाई फिल्ममा त लिन्थे तर विज्ञापनमा खेलाउँदा अप्ठेरो पर्ने गरेको थियो । फिल्मका केही निर्देशकहरु त काली भएकै कारण काजोललाई फिल्ममा साइन गर्न हिचकिचाउने गर्थे ।काली काजोललाई जब ‘कफी विथ करण’ कार्यक्रममा करण जोहरले देखे उनी अचम्ममा परेका थिए । उनले कस्मेटिक सर्जरी गराएकी थिइन् । त्यसै कारण काजोल गोरी देखिएकी थिइन् ।
यो समस्या काजोललाई मात्र होइन अन्य नायिकाहरुले पनि भोगेका छन् । अनुष्का शर्माले आफ्नो ओठको कस्मेटिक सर्जरी गराएकी थिइन् । त्यस्तै आयसका ताकिया, प्रियंका चोपडा, कंगना रणावत जस्ता नायिकाहरुले कस्मेटिक सर्जरीको सहायता लिएका थिए । यसबारे चर्चा गर्न नमान्ने नायिकाहरुलाई झन् समस्या थपिएको थियो ।
Post a Comment