एजेन्सी। नरेन्द्र मोदीले २६ मे साझ ६ बजे प्रधानमन्त्री पद को शपथ लिनुहुनेछ। शपथ ग्रहण समारोहको तयारी चलिरहेको छ। शपथ ग्रहणमा भारतमा जमेका फिल्मी कलाकार लगायतका को कोलाई निम्ता दिइरहेको छ भनेर चर्चा सुरु भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार बलिउड, टलिउडका तथा खेल क्षेत्रका हस्तीहरुलाई पनि निम्तो पठाइउको छ। जसमा बलीउडका मेगास्टार अमिताभ बच्चन, सलमान खान र भारत रत्न लता मांगेश्कर र रेखा नाम रहेका छन । दक्षिण भारतीय फिल्मका सुपर स्टार रजनीकान्तलाई पनि शपथ ग्रहण समारोहमा सामेल हुन पत्र पठाइएको छ।
यती मात्र नभई मनमोहन सिंहको सरकारको बेला राज्यसभामा मनोनीत गरिएका क्रिकेटर सचिन तेन्दुलकरलाई पनि मोदीको शपथ ग्रहण समारोहमा निमन्त्रणा पठाएको छ।
अमिताभ बच्चन गुजरात पर्यटकको ब्रान्ड एम्बेस्डर रहेका छन् भने चुनावी महोलको क्रममा सलमान खान नरेन्द्र मोदीसँगै चङगा उडाउदै गरेका देखिन्थे।
लता मांगेश्कर भने मुम्बईमा आयोजित मोदीसँग एउटै कार्यक्रममा सहभागि हुनुभएको थियो। रजनीकान्तले चुनावी माहोलको क्रममा मोदीको समर्थन गरेका थिए र मोदी रजनीकान्तको घर पनि गएका थिए। भाजपा लोकसभा चुनावमा महाविजय भए पछि अमिताभ बच्चन र रनजीकान्तले ट्विटरमा मोदीलाई बधाई पनि दिएका थिए।
Post a Comment